| सुमित्रा मिश्र |
खै किन हो? सपनाहरु सिसाजस्तै ,चर्कि जाने !
परेलीमै न भित्रिदै सं'घारबाटै ,फर्किजाने !
पुतली झैँ रंगीनदेखि आँखाभित्र ,सजाउदा
चाहानाका पखेटाहरु नछोईदै ,मर्किजाने !
पाउ राख्दा जमिनमाथि धर्तिसंगै ,फाटेजस्तो,
अभागी यो तक्दिर हेरी पिठमोडी, तर्किजाने !
भाग्यको नै शरण परी हातै बाँधी , बस्या हैन ,
तर पनि नजिक नभै पर पर , सर्किजाने !
उस्कैलागि प्रदेशी भई छायाँ बनी ,पच्छाउदा
नचिनेसरी मनुवा झैँ अनायासै, झर्किजाने!!
सुमित्रा मिश्र ,दक्षिण कोरिया
No comments:
Post a Comment