Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 30, 2014

मानसिक तनाबबाट बच्ने उपायहरु (भिडियो )

रमेश खावाजु ,दक्षिण कोरिया -
"हाम्रो जिबन हाम्रो सोच " का निर्देशक राज संसार श्रेष्ठद्वारा   "मानसिक तनाबबाट बच्ने उपाय "का बिषयमा डा. विकासानन्दसंग  लिइएको भिडियो नमस्ते नेपाल कोरिया डट कम मार्फत पहिलो पटक सार्बजनिक गरिएको छ l

रोजगारीको आकर्षक गन्तब्य बन्दै आएको दक्षिण कोरियामा प्रवेश गर्ने नेपालीहरुको संख्या बृदी संगै समस्याहरुहरु पनि बढी रहेका छन् lकोरियामा नेपाली कामदारहरु  एक्लोपना, परिवारसित टाढा हुनको पिडा, जटिल परिश्रमयुक्त काम र साहुले शोषण गर्ने जस्ता समस्याबाट पिडित छन  I दक्षिण कोरियामा पनि मानसिक तनाबका कारणले  धेरै  नेपालीहरुले  आफु भित्रको बन्द कोठामा  सहि विकल्पको अभावमा आत्महत्या गरिसकेका छन l  मान्छेहरु किन आत्महत्या गर्छन ? यो प्रश्न निकै आफुलाई गम्भीर बनाइरहेको र यस समस्याको समाधानको लागि विभिन्न अध्ययन तथा अनुसन्धानमा लागिरहेको "हाम्रो जिबन हाम्रो सोच " का निर्देशक राज संसार श्रेष्ठ  नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l निर्देशक राज संसार श्रेष्ठले यस बिषयमा केन्द्रित रहेर हाम्रो जीवन हाम्रो सोचको टिम कोरियाबाट चाईना हुदै, नेपाल देखि भारत सम्म पुगेको तथा सो अवधिमा विभिन्न बिशेष व्यक्तित्वहरु मानसिक ब्यबस्थापनको लागि विभिन्न कुराकानीहरु पनि गरेको पुन बताए l


दक्षिण कोरियामा मात्र होइन आज संसारमा नै मानसिक तनाबले  एउटा विकराल समस्याको रुपमा देखा परिरहेको छ l  हरेक बर्ष लाखौ मानिसहरुले आत्म हत्या गरिरहेका छन् I यहाँ प्रस्तुत  मानासिक तनाबको बिषयमा  राज संसार श्रेष्ठ द्वारा डा. बिकासानन्द लिइएको भाग १ भिडियोले धेरै नेपालीहरुलाइ तनाब ब्यबस्थापन गर्न केहि मद्धत हुने आशा गरेको छु l

मनोक्रान्ति आभियानका योग गुरु डा.बिकासानन्द सित छोटो कुराकानी भाग १  







No comments:

Post a Comment