Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, March 29, 2014

कोरियामा श्रम गरेर परोपकार

देवेन्द्र सम्बाहाम्फे, दक्षिण कोरिया -
श्रम गर्न बिदेशिएका नेपालीहरु पारिवारिक समृद्धिका लागि मात्र होइन आफ्नो कमाईको केहि अंश समाज र देशका लागि पनि योगदान गर्नुपर्छ भन्ने दृष्टान्त कोरियामा रहेका नेपालीले दिएका छन् । यहां कार्यरत नेपालीहरु कोरियाली रोजगारदाताको नजरमा जति इमान्दार,मिहेनती छन त्यति नै उनीहरु सहयोगी र परोपकारी पनि छन् । औधोगीक दुर्घटनामा परेका र विभिन्न रोग रोग लागेका नेपालीको जिबन बचाउन मात्र नभएर उनीहरुले नेपालमा स्वास्थ्य, शैक्षिक, सामाजिक सुधार र दैबी बिपत्तिमा परेकालाई समेत ठुलो आर्थिक सहयोग गर्दै आएका छन् ।

आर्थिक सहयोग जुटाउन भने उनीहरुले  दशैं,तिहार र कोरियन चुसक सलनाल जस्ता पर्वमा नेपालबाट कलाकार आमन्त्रण गरेर पालैपालो संस्कृतिक कार्यक्रम आयोजना गर्दछन् । सांस्कृतिक कार्यक्रम आयोजना गरे नेपाली कला,संस्कृतिको संरक्षण,संर्बद्धन र अन्र्तराष्ट्रियकरण हुने उनीहरुको बुझाई छ । पछिल्लो समयमा भने फेसबुक सन्जाल अभियान निकै प्रभावकारी र मितब्ययी बन्ने गरेको छ । यस बाहेक चन्दा संकलन, चिठ्ठा कार्यक्रम, खेल आयोजना गर्ने गर्छन् । यस्ता कार्यक्रमबाट संकलन भएको रकममा थपथाप गरेर पीडितहरुलाई सहयोग गर्दछन् ।
कोरियामा मजदूरी गर्न आउने नेपालीहरु धेरै छन् । यस बाहेक व्यापारी,बिद्यार्थी,कर्मचारी  रहेका छन् । वैवाहिक सम्बन्धमा आएका  महिला पुरुषको संख्या पनि निक्कै रहेको छ ।  यहां सामाजिक, सास्कृतिक, जातीय र क्षेत्रीय संस्थाहरु संचालनमा छन् । यी संस्थाहरुबिच सहअस्तित्व र सहकार्यको भावना प्रगाढ छ । उनीहरुको मिलोमतोलाई देखेर नेपालबाट आउने कलाकार,पत्रकार र नेतालेसमेत प्रशंसा गर्ने गरेका छन्  | यहां ४० भन्दाबढी जिल्ला सम्पर्क समितिहरु  रहेका छन् । यी समितिहरुले आआफ्नो जिल्लामा भइपरि आउने सहयोगमात्र होइन बिकास निर्माणको काममा समेत सहयोग गर्दै आएका छन् ।
जिल्ला सम्पर्क समितिहरु मध्ये बाग्लुङ समाज सेवाको बाटोमा निकै अगाडी छ । यसले गल्कोट क्षेत्रमा एम्बुलेन्स संचालन गर्न १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष राखेको छ । यसका लागि समितिले ११ लाख रुपैयाँ जम्मा गरेको छ भने द्यौलागीरि अंचल अस्पतालमा २०६८ पौष २३ मा ५ लाख अक्षयकोष निर्माण गरेको छ । यो कोषबाट ४ जनाले सेवा पाईसकेका छन् । उता म्याग्दी समाज समितिका अध्यक्ष भरत तुलाचनको सकृयतामा यहां कार्यरत १ सय ९३ जना म्याग्देलीबाट १७ लाख रुपैंया संकलन गरेर म्याग्दी अस्पतालमा आकस्मिक कक्ष निर्माण गरिएको छ । सो आकस्मिक कक्ष पांच महिनाअघि अस्पताललाई हस्तान्तरण गरिएको थियो । यो समितिले बोन टीबीका कारण मृत्युको मुखमा पुगेका छिस्वाङका केशव घर्ति मगरको जीवन रक्षा समेत गरेको छ । अर्कातिर स्याङ्जा परिवारले जिल्लाको ग्रामीण जनताका लागि एम्बुलेन्स किन्ने तयारी गरिरहेको छ । यसका लागि परिवारले १४ लाख रुपैंयां संकलन गरिसकेको छ । यसअघि वालिङ समुदायिक अस्पताललाई ३ लाख १६ हजार रुपैंयाको भिडियो एक्सरे पठाइसकेको छ । गुल्मी सम्पर्क समितिले जिल्लको धार्मिक तथा पर्यटकीयस्थल रीडी रुद्राबेनीमा १० लाखको लागतमा बृद्धाश्रम निर्माण गर्न हालै सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । यस्ता अन्य थुप्रै जिल्ला समितिहरुले आ आफ्ना जिल्लाको बिभिन्न क्षेत्रमा योगदान गरिरहेका छन् । त्यसो त यहां मुख्य राजनीतिक दलका भातृसंगठनहरु पनि  नभएका होइनन् तर यी संगठनका कार्यकर्ताहरु  भने सामाजिक र परोपकारी काममा भन्दा नेपालबाट केन्द्रीयस्तरका नेता ल्याएर संगठन मजबुत बनाउने र नेतालाई महङगो उपहार दिएर नजिकिने ध्याउन्नमा रहेको चर्चा बेलाबेला हुने गरेको छ ।
पछिल्लो एक बर्षमा मात्र यहांका नेपालीले बिभिन्न क्षेत्रमा २ करोड रुपैयांभन्दा बढी आर्थिक सहयोग  गरेका छन् । केहि महिनाअघि युएईमा मृत्युदण्डको सजाँय सुनाइएका अनिश खालिङलाई अवश्यक पर्ने ब्लड मनिका लागि एनआरएन,नेपाली सम्पर्क समिति, आदीवासी जनजाती महासंघ व्यावसायी मनोज डाँगी,कल्पना राई,अरुण श्रेष्ठ र बुद्ध गौतमले फेसबुकमार्फत २२ लाख रुपैयाँभन्दा बढी संकलन गरेका थिए । फेसबुक सहयोग अभियानबाटै मृत्युको मुखमा पुगेका दार्चुला धाप ९ का काशीराज जोशी बाच्न सफल भएका छन् । सुनौलो भविष्य साँच्दै दुइ बर्षअघि कोरिया आएका जोशीलाई अचानक ब्रेन ट्यूमर भयो तर आर्थिक अभावका कारण जोशीको उपचार गर्न नसकी एउटा सेल्टरमा बसिरहेका थिए । संयोगबस दोलखाका बसद्ध गौतमसंग उनको भेट भयो । गौतमले जोशीको अवस्था देखेपछि फेसबुकमा स्टाटस लेखेर सहयोग अभियान संचालन गरे । गौतमको अभियानले मात्र करिब १३ लाख रुपैया संकलन भएको थियो । गौतमको फेसबुक स्टाटस पढेर इजरायलमा कार्यरत कोपिला थापाले २ लाख रुपैंयाभन्दा बढी सहयोग संकलन गरेर कोरिया पठाएकी थिइन । जोशीकै लागि सूदूरपश्चिम समाज कोरियाले करिब १३ लाख ५० हजार रुपैंया संकलन गरेको थियो । यो सहयोग संकलनबाट सोल राष्ट्रिय अस्पतालमा जोशीको सफलतापूर्वक शल्यकृया भएको छ । अहिले उनको स्वाथ्यस्थिति सुधारन्मोख छ । जोशी जस्तै बोनम्यारो अभाव भएका सकिन्द्र लिम्बुले किराँत याक्थुङ चुम्लुङ र किम्हे माइग्रेन्ट हाउसको सकृयतामा करिब १२ लाख, ब्लड क्यान्सर भएका पोखराका हरि केसीका लागि कास्की परिवार कोरियाले करिब १० लाख रुपैंया सहयोग संकलन गरेको थिए । यहां रहेका नेपालीहरुले आपत बिपतमा परेकालाई नभएर आमा घर, हेल्प नेपाल नेटवर्क, प्रारम्भिक बाल विकास केन्द्र तथा यो संस्थाले पुतली घर जस्ता परोपकारी संस्थालाई पनि दिल खोलेर सहयोग गरेका छन् ।

कोरियाको कडा श्रम नियममा जेलिए पनि समाज र परोपकरी कार्य गर्न सधैं तयार हुने नेपालीहरुले देश र समाजका लागि गरेको परोपकारी फेहरिस्त लामै बन्छ । यस्तै फेहरिस्तमा आदिवासी जनजाती महासंघलाई छुटाउनु अन्याय हुन्छ । पिछडिएको बर्ग समुदाय साक्षर भएमात्र जाति र समाज सवल बन्छ भन्ने बुझाई संघको छ । त्यसैले डोल्पाको छार्का गाउंका अति सिमान्तकृत डोल्पो समुदायका तीन बालबालिकालाई बिगत तीन बर्षदेखि संघले पोखराको एक बोर्डिङ स्कूलमा अध्यापन गराउन्दै आएको छ । यी तीन बालबालिकाका लागि प्रतिमहिना २५ हजार रुपैंयाभन्दा बढी हुन्छ । यो रकम जुटाउन संघका सदस्यहरुले प्रत्येक महिना लेबी तिर्ने गरेका छन् । जातीय संस्थाहरुमध्ये तमू धीं कोरियाले हालसम्मकै उदाहरणीय काम गरेको छ । उस्ले  १८ लाख सहयोगमा काठमान्डौं जोरपाटीको जम्बु डाडामा निर्माण भइरहेको दाहासंस्कार भवन सम्पन्न सम्पन्न हुन लागेको छ । यस्तै जोशीलो युवाहरुको संस्था मानिने योङ स्टार गु्रप पनि परोपकारी काममा अग्रणी स्थानमा छ । यस गु्रपले गत बर्षमात्र १८ लाखभन्दा बढी सहयोग संकलन गरेर नेपाल तथा कोरियामा आपत बिपत परेका नेपालीहरुलाई सहयोग गरेको थियो । कोरियाबाट फर्केका युवाहरुलाई संलग्न गराएर यस्ले नेपाल संयुक्त ब्यवसाय गर्न यम श्रेष्ठको अध्यक्षतामा योङ स्टार गु्रप समेत हालै दर्ता गरेको छ ।
debusudama@yahoo.com

No comments:

Post a Comment