Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, March 29, 2014

दक्षिण कोरियामा नेपाली खेल आयोजकहरु बीच एकता

सुमित क्षेत्री ,दक्षिण कोरिया- 
दक्षिण कोरियामा रहेका भलिबल खेल आयोजकहरुबिच सहमति भएको छ ।
 दोङदेमुन स्थित नमस्ते रेस्टुरेन्टमा भलिबल आयोजकहरुको बैठकले विविध विषयमा सहमती गर्दै निर्णय सार्बजनिक गरेको छ । निर्णयसंगै  प्रतियोगिता आयोजनाबारे हुने विवाद समाप्त भएको छ ।
 निर्णय अनुसार यस बर्ष सुदुर पश्चिम (२०१४/५/४), म्याग्दी समाज(२०१४/६/८), बाग्लुङ समाज(२०१४/७/६), मगर समाज(२०१४/८/३), एस.एम.टि(२०१४/८/३१) र पर्बत समाजले २०१४/१०/५ मा भलिबल प्रतियोगिता सन्चालन गर्ने र बाकिले अर्को बर्ष संचालन गर्ने निर्णय गरियो । प्रतियोगितालाई बिबादरहित र मर्यादित बनाउन म्याग्दी समाज दक्षिण कोरियाका अध्यक्ष मुक्ती केसिको संयोजकत्त्वमा खेल समन्वय समिती गठन गरिएको छ । समितिको अन्य सदस्यहरुमा छानु चन्द , उमेश बस्नेत, प्रेम शाह, भजिन्द्र क्षेत्री , शंकर राना, मिलन राना, रोबिर थापा, प्रेम थापा र तुल बहादुर पुर्जा रहनु भएको छ ।  प्रतियोगिताको पुरस्कार राशि प्रथम द्वितीय र तृतीय क्रमश १००००००, ७००००० र ४००००० वन राख्ने र खेल आयोजनामा एक अर्कामा पारस्परिक सहयोग  गर्ने निर्णय भएको खेल समन्वय संयोजक मुक्ती केसिले बताउनु भयो ।

No comments:

Post a Comment