Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 30, 2014

इपिएसको पाचौ कोरियन भाषा परिक्षा असोजमा हुने

नमस्ते नेपाल कोरिया संवाददाता -
इपिएसको  पाचौ कोरियन भाषा परिक्षा २०७१को असोजमा हुने भएको छ । २०१५ को को लागि छुटयाईने कोटाको लागि असोज अन्तिममा परिक्षाको तयारी भईरहेको ईपिएस कोरिया शाखा ग्वार्कोका निर्देशक डिल्लीराम बास्तोलाले बताएका छन ।

अहिलेको कोटा अनुसार थोरै मात्र २०१५ को लागि रोष्टरमा रहने बताउदै बास्तोलाले भने “यो वर्ष भित्रै परिक्षा गर्ने भनि कुराकानी भईरहको छ । गत वर्ष उतिर्ण ८ हजार १ सय मध्ये ७ हजार ६ सयले मात्र आवेदन फर्म भरेको पनि उनले जानकारी दिए । २०१४ को पहिलो ३ महिनामा २८००को श्रम करार आईसकेको भन्दै प्रकृया चाडै शुरु गर्न छलफल भएको बास्तोलाले बताएको हिमालय टाईम्समा खबर छ ।

नेपाल र कोरियाबीच इपिएसअन्तर्गत कामदार लैजान सन् २००७ मा भएको श्रम सम्झौतापछि सन् २००८ मा पहिलोपटक भाषा परीक्षा भएको थियो । सो परीक्षामा ६ हजार पाँच सय ८६ उत्तीर्ण भई कोरिया जान छनौट भएका थिए । यस्तै, दोस्रोपटक सन् ०१० मा भएको भाषा परीक्षामा चार हजार ९६ र तेस्रोपटक सन् ०११ मा १५ हजारभन्दा बढी कामदारलाई कोरियाले उत्तीर्ण गराएको थियो । सन् ०११ मा भएको भाषा परीक्षामा उत्तीर्ण भएका १० हजार बढी कामदार रोस्टरमा रहने भएपछि सन् ०१३ का लागि सन् ०१२ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेन ।
गत वर्ष २०१३ मा भने भाषा परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका थिए । उत्तीर्णमध्ये ७ सय १५ जना महिला छन् । परीक्षामा ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना भने उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका थिए । 

No comments:

Post a Comment