Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 30, 2014

किम्हेमा नेपाली राजदुताबासको एमआरपी आबेदन संकलन घुम्ती सेवा सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता -
मार्च ३० तारिक आइतबारका दिन  किम्हे माइग्रेन्ट हाउसमा आयोजित  नेपाली राजदुताबास दक्षिण कोरियाको एमआरपी राहदानी आबेदन संकलन  घुम्ती सेवा  सम्पन्न भएको छ l

एन आर एन कोरिया को क्षेत्रीय समिति (बु.उल ख्यंग) को पहलमा भएको   सो घुम्ती सेवामा ४७६  जना नेपालीहरुले एमआरपी राहदानी बनाउने आबेदन बुझाएका नेपाल पत्रकार महासंघ कोरिया शाखाका सदस्य कृष्ण गुरुङले बताए l सो घुम्ती सेवामा झरी परेको समयमा किम्हे तथा सो वरपरका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो l किम्हे वरिपरि रहेका  नेपालीहरुले  राजधानी सउलसम्म जानआउनको लागी समय बढी लाग्ने र खर्चिलो हुने भएको हुदा बिगत लामो समय देखि घुम्ती सेवा प्रदान गर्न नेपाली राजदुताबास समक्ष अनुरोध गर्दै आएको थिए | नेपाली राजदुताबासले किम्हेबासी नेपालीहरुको आग्रहलाइ मध्यनजर गर्दै  केहि महिना अगाडी पनि किम्हेमा  एम आर पी बनाउनको लागी घुम्ती सेवा दिएको थियो | निकट भविष्यमा  जिन्जु  ,ख्वाङजु  तथा मोक्पो एरियामा पनि घुम्ती सेवामार्फत  एमआरपी राहदानी आबेदन संकलन गर्ने नेपाली राजदुताबासका उपनियोग राजाराम बर्तौलाले नमस्ते नेपाल कोरिया डटलाइ बताए l सो घुम्ती सेवामा नेपाली राजदुताबासका उपनियोग राजाराम बर्तौला, एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवर , किम्हे माइग्रेंट मिसन चर्चका पास्चर यज्ञ राज सुवेदीको पनि उपस्थिति रहेको थियो l  

No comments:

Post a Comment