Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, January 30, 2016

कास्की परिवार दक्षिण कोरियाले बृहत् भेला तथा भेटघाट कार्यक्रम गर्ने

रमिला गौतम
३० जनवरी ,२०१६ ,कोरिया ।
कास्की परिवार दक्षिण कोरियाले यहि मिती २०१६/०२/०७ तारिक सलनालको अबसर पारि सम्पुर्ण कास्केलिहरुको बृहत् भेला तथा चियापान कार्यक्रम गर्ने भएको छ।
"संगठित समुह नै परदेश को सहारा हो" भन्ने मुल भावना बोक्दै सन् २००८ मा स्थापना भएकाे यस संथाले प्रबास बसाईका क्रममा आइपर्ने विभिन्न समस्याहरुमा सहयोग सहजीकरण गर्न सकियोस भन्ने उद्धेश्य का साथ उक्त भेला गर्ने भएको हो। यस संस्थाले बिगतमा खेलकुदकाे क्षेत्रमा विभिन्न सफलता पाईसकेकाे छ भने सामाजिक सेवाकाे क्षेत्रमा पनि पुरानाे नाम हाे कास्की परिवार।
कास्की परिवार अब आउने दिनहरुमा अझ कसरी सकृय हुने र सम्पुर्ण कास्केलिलाइ कसरी एकजुट बनाउने भन्ने बारेमा बृहत छलफल हुने साथसाथै द काेरियामा रहरूहुने सम्पूर्ण कास्केलिहरूकाे तथ्यांक संकलन पनि गरिने परिवारका अध्यक्ष खोम प्रसाद गुरुङले जानकारी गराउनु भएको छ। साथसाथै काेरियामा रहेर व्यवसायिक, राेजगारि तथा अध्ययनकाे क्षेत्रमा सफलता प्राप्त गर्ने ब्यक्तित्वहरूलाई विशेष सम्मान गरिने पनि कार्यक्रम रहेकाे छ । उक्त कार्यक्रममा बिबिध सांस्कृतिक प्रस्तुति पनि गरिने तयारि गरिएकाे जनाईएकाे छ।
यस कार्यक्रम लाई सफल बनाउन विभिन्न सिलसिलामा कोरिया आई बसोबास गरि रहनु भएका सम्पुर्ण कास्की बासिहरुलाइ तोकिएको समय र स्थानमा उपस्थिति जनाई बृहत् भेला अनि चियापान कार्यक्रम सफल पारिदिन तथा भबिस्य मा कसरी सस्थालाई मजबुत तथा समाजिक क्षेत्रमा सकृय सस्था बनाउन सकिन्छ भन्ने बिषयमा सल्लाह सुझाव तथा सहयोग गरिदिनु हुन कास्की परिवार दक्षिण कोरियाले हार्दिक अपिल गरेको छ।
नेपाली कला र सस्कृति लाइ संरक्षण गरौ ,प्रबासमा रहेका खेलाडीहरुलाई सम्मान गरौ "भन्ने उदेश्यका साथ् कास्की परिवार दक्षिण कोरियाले यहि आउदो मार्च १३ मा नेपाली कथानक चलचित्र प्रेमगीत को पनि प्रदर्शन गर्ने जनाएको छ |
सम्पर्क:
अध्यक्ष: खोम प्रसाद गुरुङ -01025111124
सचिब: पुष्पराज तिमिल्सिना-01064635720
कार्यक्रम:
स्थान :नेपाल हाउस(सिन्सलदोङ्ग)
मिति:2016 फेब्रुअरी 7 तारिक
समय:दिनको 12 बजे





















No comments:

Post a Comment