Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 19, 2016

सलनालमा कार्यक्रम जुधाएको प्रति एनसिसि कोरियाको घोर आपत्ति

नमस्ते नेपाल कोरिया
 १९  जनवरी  २०१६
दक्षिण कोरिया
कोरियामा रहेका नेपाली संघसंस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा कार्यक्रम जुधाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ l समितिले यसभन्दा पहिले डिसेम्बर १३ तारिखको दीन कोरियामा रहेका अधिकांस नेपाली संस्थाहरुका प्रतिनिधि ,बिशिष्ठ ब्याक्तित्व तथा पत्रकारहरुको उपश्तिथिमा सलनालको लागि सांस्कृतिक तथा चिट्ठा कार्यक्रम को लागि परेका निबेदन हरुमध्ये प्राथमिकताका अधारमा कार्यक्रमको बाडफाड गरेको थियो l
कोरियामा रहेका अधिकांस संघ -संस्थाका प्रतिनिधि हरुको राजीखुसीमा कार्यक्रम बाडफाड गरिएको भएतापनि केहि संस्था हरुले आफूखुसी कार्यक्रम जुधाउन लागेको सुन्न आएको भन्दै प्रेश बिक्यप्ति मार्फत घोर भर्षणा  समेत गरेको छ l

प्रेस बिज्ञप्ति

"सर्वप्रथम कोरीयामा रहि भिन्न भिन्न पेशा र क्षेत्रमा कार्यरत सम्पुर्ण नेपाली  दाजुभाई तथा दिदिबहिनीहरूमा तपाई हामी विच नजिकिदै गएको कोरियन नयाँ वर्ष सलनालको सुखद उपक्ष्यमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर गतीको हार्दिक मंगलय शुभकामना ।
सन् १९९३ मा स्थापित एक मात्र पुरानो सामाजिक संस्था एनसिसिको छुटै ईतिहास र गौरवका गाथा छन् । कोरियामा रहेका नेपालीहरू र नेपालमा रहेका नेपालीहरूमा आइ पर्ने  महा संकट र समस्याहरूबाट माथि उठन यावत वाधा व्यवधानसंग पौठेजोरी  खेल्दै सामाजिक कार्यमा अाफनो भूमिका यो मिति सम्म  अनवरत रूपमा चलिरहेको छ । कोरीयाली भूमिमा एनसिसिले नेपाली समुदाय र विभिन्न संघसंस्थाहरू माझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यसको प्रमुख कारणहरू मध्ये सामाजिक गतिविधि र क्रियाकलाप निरन्तर रूपमा भिन्न पाटो र पक्षहरूलाई संगाल्दै आउनु । यसको जगमा रहेर नेपाली समुदाय र संघसंस्थाहरू विच एक आपसमा बैमश्यता, तिक्तता ,फाटो र असमझारी नआहोस् भन्ने हेतुले कोरियन चार्ड छुसक र कोरियन नयाँ वर्ष सलनालका लागि कार्यक्रम बाँडफाँड गर्दै आएको छ । यसको पनि निश्चित मापदण्ड निदिष्ट विधिहरू तय छन् । त्यसैमा आधारित रहेर विभिन्न संघसंस्थाहरूले कार्यक्रम गर्न पाउ भनि निवेदनका साथ दस्तुर शुल्क बुझाई प्रक्रियामा संलग्न भएपछि कार्यक्रम पाउने अधिकार सुनिश्चित छ । यसैको निरन्तरता स्वरूप डिसेम्वर १३ तारिकका दिन एक कार्यक्रम आयोजना गरि कार्यक्रम बाँडफाँड विवाद रहित र निश्पक्ष रूपमा सम्पन्न गरेको कुराले कोरिया स्थित सम्पुर्ण नेपालीहरूमा छुटै खुसिको वहार छाएको थियो । तर विडम्वना भन्नु पर्छ यो सरहानिय कार्यलाई नपचाउने, समाजलाई जहिले पनि भाडभैलो मात्र मच्चाउन उद्धत हुने केहि व्यात्तिहरूको झुन्डले  अाफनो व्यात्तिगत अभिष्ट पुरा गर्न साँस्कृतिक कार्यक्रम गरि व्रमाहलुट गर्न कार्यक्रमका लागि प्रचार-प्रसार गरिरहेको  छ । यस कार्य प्रति एनसिसिको तर्फबाट घोर भर्षना र विरोध गर्दछौ । गत वर्षको छुसकमा पनि तिनै व्यात्ति प्रतक्ष्य -अप्रत्यक्ष साथ, सहयोग र समर्थमा विभिन्न संघरंस्थाहरू गरेको कार्यक्रम विरूद्ध कार्यक्रम जुधाईएको थियो । उत्त कार्यक्रमको प्रचार-प्रसार गर्दा भुकम्प पिडितहरूको सहयोगार्थ भनिए पनि यतिका दिन विति  सक्यो सहयोग रकम कहाँ, कसको मातहतमा , कहिले हस्तातरण गरियो । यस सम्बन्धमा कुनै सुचना तथा सञ्चार भएको छैन ।कार्यक्रम सफल भयो भन्दै ढवाङ पिट्दै हिड्ने तर लक्षित वर्ग सम्म सहयोग नपुग्नुले के स्पष्ट हुन्छ भने यो एक वहानमा मात्र थियो र भयो पनि तेही l
फेरि पनि सामाजिक कार्यको नाममा व्यात्ति मटाउने र फष्टाउने कार्यको प्रपञ्च रचिदै छ । यो नियतबाट गुजिएका जुन-कुनै व्यात्तिहरूलाई समाजबाट वहिष्कृत गरिनु नेपालीहरूको धर्म र कर्म हो ।
एनसिसि, विभिन्न संघसंस्था र सम्मानित व्यात्तिहरूको प्रत्यक्ष सहभागिता र संलग्नता विधि संवत् सलनालको  लागि साँस्कृतिक कार्यक्रम गर्न अधिकार पाएका संघसंस्था  तनहुँ सम्पर्क समिति र  मोरङ डाईनामिक कमिटि हुन यी वाहेक नेपाल खेलकुद तथा साँस्कृतिक समिति अभियान भुकम्प पिडितलाई योदान नामक मुल नारा दिई  अमुख व्यात्तिहरूको संलग्नतामा हुन  लागेको  कार्यक्रम सत्यतामा आधारित छैन । सलनालको कार्यक्रमबाट संकलन भएको रकम सम्बन्धीत ठाउँमा नपुग्नु ज्वालन्त उदाहरण हुँदा हुँदै अर्को  उदाहरण जन्माउने सिवाय अन्य तात्हुईक र व्यवहारिक पक्ष कहि भेट्न सकिदैन । यसर्थ गैर तवरबाट अभिप्रेरित  भई कार्यक्रम गर्न लागेको कार्यक्रम र व्यातिहरूलाई  आर्थिक, नैतिक, सामाजिक र भौतिक सहयोग नपुर्याईदिनु हुन यहाँ रहेका विभिन्न संघसंस्था, व्यापार व्यवसायि, सामाजिक व्यातित्व, वुद्धिजिवि, लगायत सम्पुर्ण नेपाली   दाजुभाई तथा दिदिवहिनिहरूमा  विन्रम अनुरोध गर्दछौ ।
अन्त्यमा  सविक वमोजिम साँस्कृतिक कार्यक्रम गर्न अनुमति पाएका संस्थाहरुको नामावलि
१. तनहुँ सम्पर्क समिति
२.डाईनामिक मोरङ कमिटी
 भाग्यशाली चिठ्ठा तर्फ
१. ठकुरी समाज
२. भोजपुर परिवार
३.छन्त्याल परिवार
 माथि उल्लेखित संस्था  द्धारा आयोजित कार्यक्रम भव्य र सव्य रूपमा सफल पारि दिनु हुन यहाँहरू लाइ हार्दिक  अपिल गर्दछौ l एनसिसिद्धारा जारी विज्ञप्ति माथि ऐक्यबद्दता जनाउने संस्थाहरु
१. तनहुँ सम्पर्क समिति
‍२. मोरङ डाईनामिक कमिटि
३.भोजपुर परिवार
४. छन्त्याल परिवार

No comments:

Post a Comment