नमस्ते नेपाल कोरिया
३० जनवरी २०१५ । कोरिया
नेपाल खेलकुद तथा संस्कृति समिती द कोरिया" द्वारा यहि आउदो सलनालमा द.कोरिया को राजधानी सउलमा "कन्दरा लाईभ कन्सर्ट"को आयोजना गर्ने भएको छ।
"नेपाल खेलकुद तथा संस्कृति समिती को अभीयान भुकम्प पिडित लाई योगदान "भन्ने मुल नारा बोकेको यस संस्थाले "कन्दरा लाईभ कन्सर्ट" पश्चात जम्मा भएको रकम बाट ७०% बैशाख बाह्र गते गएको महा विनाशकारी भुकम्प बाट गुज्रिएर हाल गाँस, बास र कपास को समेत ठेगान नरहेको पिडित परिवार लाई दिने निर्णय गरेको छ।
सो समितिले उक्त दिन कार्यक्रममा उपस्थित भई दिनु भई कार्यक्रम लाई ऐतिहासिक,भव्य र सभ्य बनाउन कोरियामा बस्नु हुने सम्पुण नेपाली दाजु-भाई तथा दिदी-बहिनी हरुमा बिनम्र अनुरोध गरेको छ ।कार्यक्रम हुने मिति र स्थान:
०८फेब्रुवरी सोमबार, ०१ बजे बाट..
स्थान-दोनआम छोदोङ हाक्यो
लाईन न.४:- sungshin womens univ.stn.exit.4
दोङ्देमुन बाट ट्याक्सी मा ५ मिनेट
साथै बस को पनि ब्यबस्था गरिएको छ।
टिकट पाईने स्थान:
हिमालय रेस्टुरेन्ट
भेटघाट नेपाल रेस्टुरेन्ट
हिमालयन टुर्स &ट्राभल
No comments:
Post a Comment