Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 26, 2016

नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाको क्षेत्रीय अधिबेसन किम्हेमा हुदै

२६ जनवरी २०१५ ,कोरीया
आजको नेपाली समाजमा सकरात्मक परिबर्तनको लागि प्रबासिएका नेपाली युबाहरुको एकता” भन्ने मुल नाराको साथ नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाले कोरिया को ख्यंनाम किम्हे,बुसान,जिन्जु,उल्सान,छांओन ,गजेदो क्षेत्रलाई लक्षित गर्दै क्षेत्रीय अधिबेसन २०१६ किम्हे सहर स्थित हुने भएको छ।
एनेकपा माओबादिको प्रवासी भातृ संगठन नेपाली जनाअधिकार मञ्चले आफ्नो आशन्न महाधिवेशनलाई मध्यनजर गर्दै क्षेत्रीय अधिबेशन र सदस्यता बितरणलाई बिशेश जोड दिएर लागेको हो। यहि जनवरी ३१ तारिकका दिन किम्हे सिटीमा हुने क्षेत्रीय अधिबेशनका लागि किम्हे र त्यस वरपर रहनुहुने मञ्च प्रती आस्थावान सम्पुर्ण नेपाली समुदायलाई उपस्थित भई अधिबेशन सफल पारीदिनुहुन जनाधिकार मञ्चका बरिस्ठ उपाध्यक्ष तथा किम्हे बुसान क्षेत्रका अधिबेशन संयोजक प्रशान्त राज बानियाँले अपिल गर्नु भएको छ।
नयाँ सदस्यता बितरण तथा संगठनलाई आगामीदिनमा कसरि सामाजिक हितकोलागी परिचालन गर्न सकिन्छ भन्ने बिषयमा पनि सोही समयमा बिस्तृत छ्लफल गरि कार्ययोजना समेत तर्जुमा गर्नेकुराको जानकारी अधिबेशन आयोजक समितीले जनाएको छ। सउलबाट अधिबेशनलाई सफल पार्न मञ्चका अध्यक्ष गणेश कालिकोटे लागायतको टोली समेत कार्यक्रममा पुग्ने छ।

No comments:

Post a Comment