Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, January 31, 2016

नबिन के भट्टराईको कसरी थाहै नपाई माया बसेछ (भिडियो सहित )


कृष्ण पुरी :२९ जनवरी,२०१६ ,कोरिया l 
 नेपालका निकै नै चर्चित पप गायक नविन के भट्टराइ नेपाली पप संगित बाट हराउदै गइरहेको भन्ने गुनासो अाइ रहेको सन्दर्भमा नेपाली पप गायनको क्षेत्रमा अर्को नयाँ अयाम थप्दै स्लोक नामक नयाँ एल्बम सार्वजनिक गरेका छन। यस एल्वममा अाठ वटा गित रहेका र यसमा वेदनाको अावास र मायाको मिठास दुवै पाइने नविन के भट्टराइ बताउछन ।
हालै मात्र भट्टराईको सोहि एल्बमको ‘थाहै नपाई ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ l गत जनवरी २७ मा सार्बजनिक गरिएको सो भिडियो गीतमा ‘थाहै नपाई माया बसेछ, थाहै नपाई मुटु गाँसेछ, तिम्रो मुहारले मोहनी लगायो, पागल बनायो’ भन्दै गायक नविन के भट्टराईले आफ्नी प्रेमीकालाई सम्झेका छन् भने कोरियाबाट छुट्टीमा नेपाल आएका मोडलको भूमिकामा रहेका अरुण श्रेष्ठले पनि आफ्नो प्रेमीलाई सम्झदै सो भिडियोमा मोहनी लगायो, पागल बनायो भन्दै कुसल अभिनय प्रस्तुत गरेका छन । 
उक्त गीतमा शब्द र संगीत सन्दीप डंगोल र नविन के भट्टराईकै रहेको छ भने म्यूजिक भिडियोमा मोडलका रुपमा कोरियामा रोजगारीमा रहेका उनै अरुण श्रेष्ठ(इपिएस छिन्गु ) र नेपालमै रहेकी सोनी को मनमोहक भूमिका रहेको छ । कोरियामा श्रमिकहरुबीच लोकप्रिय रहेका मोडल अरुण कोरियामा एक संचारकर्मी सगै अग्रणी समाजसेवी पनि हुन् l
स्टेरियो रेकर्ड्सको रेडफिल्म द्वारा सार्बजनिक उक्त म्यूजिक भिडियोको निर्देशन बिदुर दाहाल ,क्यामरा रबि लामाले गरेका हुन् । सो म्युजिक भिडियो अहिले सर्बाधिक रुचाईएको र आफ्ना फ्यानहरुको बारम्बार सन्देस प्राप्त भैरहेको भट्टराई बताउछन भने उता मोडल श्रेष्ठ पनि आफ्नो पहिलो अभिनयलाई आफ्ना साथीहरुले मन पराईदिनुभएकोमा खुशी छन् l 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला l

https://www.youtube.com/watch?v=Ck9fpDIVmoA



















No comments:

Post a Comment