Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 3, 2015

छुसकमा मैले जे देखे -यथार्थ कोरियाको परिवेश नियाल्दा


  • डोलू आले मगर , कोरिया 

    ख्वाँजू देखी सौल करिब २७० किलोमिटरको दूरी, करिब चार घण्टाको यात्रा विचमा करिब १५ मिनेटको रेस्ट बाहेक न कतै जाम न कतै ब्रेक। लाग्थ्यो मेरो देशमा यसरि आरामदायी यात्रा गर्न पाउने कहिले होला? दाँया बाँया कतै धानहरु लटरम्म झुलेका त् कतै बगानमा फूलहरु फुलेका। कतै ठूलाठूला ग्रीनहाउस त् कतै औधोगिक क्षेत्र। लामालामा पुलहरू, लामा-लामा टर्नेलहरु, एक सुर एक लयको आरामदायी यात्रा।यहि यात्राको दौरानमा देश सम्झिन्थ्ये विरक्त लाग्ने। लामो स्वास फेर्दै अरे मेरो देशले यसरी विकास गर्छ कहिले? ठूलाठूला पहाडहरु आँखामा ठोक्किन्थ्ये अवरोध बन्थ्ये तर तराइ-मधेश नि ? लामो समयको द्वन्द्व पछी भूकम्पले आक्रान्त बनेको देशमा भर्खरै संविधान जारि भएको छ। संविधानमा अधिकार सुनिस्चित नभएको भन्दै कतै आन्दोलन त् आन्दोलन दबाउने खेलले, कतै जलिरहेको छ। कतै त् मरिरहेको छ। त्यहि माथि ठुल्दाईको अघोषित नाकाबन्दी। बाफरे मेरो देश अनि लाग्छ उभो ? इतिहासको पानाबाट पाठ नसिक्ने मेरो देशका शाषक,राजनीतिक दल अनि हामीहरु लज्जा समेत रहेन अब। बसपार्कमा ओर्लेपछि दाजुभाई भेट भएर संगै छिहाछ्ल हुँदै साँझ ७ बजेतिर सउल तोङदेमुन पुगियो। तोङदेमुन पार्क, सडक वरिपरी नेपालीहरुको भीडभाड लागि सकेको थियो।
    तोङदेमुनको सडक,चौर र सबवे भित्र जताततै नेपाली जवानहरुको भिड। त्यो भीडभाडमा लाग्थ्यो हामी नेपाल मै छौं। काठमान्डौ रत्नपार्क तिर अथवा हातबजार तिर,कुनै मेलातिर। अव्यवस्थित तरिकाले कतै सडक साइडको बाटो ढाक्ने गरि त् कतै चौउर त् कतै सबवे भित्र यत्रतत्र हामी नेपालीहरुको मेला। नेपाली रेस्टुरेन्ट, कोरियन रेस्टुरेन्ट नेपालीहरुले नै भीडभाड। शौचालयमा लाइन, रेस्टुरेन्टमा लाइन, लाग्थ्यो कोरियको लागि आवेदन फर्म भरे देखि आज सम्म हरेक कुरामा लाइन बस्नुपर्ने आदत बसेको छ र त्यसैको निरन्तरता जारी छ। कतै साथीहरु गफिदै थिए त् कोहि सडक छेउमै मदिराले तिल परेर धन्मनिदै थिए। सायद कोरियाको कामको तनावलाई मज्जाले पखाल्दै थियौं हामी सबै जना जुन जे जस्तो तरिकाले भए पनि। नेपाली संघसंस्थाहरुले आयोजना गरेको विविध कार्यक्रमहरुमा गएर रमाइलो गर्ने, आनन्द लिने र माइन्ड फ्रेश हुने मौका पनि धेरैले सदुपयोग गरे। राति अवेर सम्म बासको लागि मोटेल खोज्दै भौतारिनु पर्दा भने कोरियाको सुरुवाती चिसो मन भित्र पस्थ्यो।
    दूई रात,एक दिनको बसाइमा धेरै साथीहरु संग भेटघाट गर्ने अवसरको सदुपयोग गरियो। कतै साथीहरु संग भेट्ने समय पनि मिलेन। अक्सर साथीहरुको जमघटमा जतासुकै जुन सुकै भए पनि काम र दामकै कुरो अगाडी तेर्सिएको हुन्थ्यो। सामाजिक संजाल,फोन मार्फत यस्ता कुराहरु हुने गरेको भएता पनि प्रत्यक्ष भेटघाट गरेर सुखदुखको भलाकुसारी गर्न पाउँदा बेग्लै अनुभूति हुने। कसैले हातको ठेला देखाउदै भन्थ्ये काम गार्हो छ यार। कसैले भन्थ्यो मुखमा ३-४ खाप मास्क लगाएर काम गर्नु पर्छ नत्र धुलो र गन्धले सकिन्छ। कसैले हातको पाखुरीमा डामेको पोलेको खट देखाउंदै भन्थ्ये काम गार्हो छ यार। कसैले फर्निचरमा ,प्रेस मेशिनमा कम गर्दा लागेको चोटको खट देखाउन्थ्ये र भन्थ्ये काम डेन्जर छ यार। कसैले फलाम उठाउनु पर्ने, कसैले तातो रापमा काम गर्नु पर्ने, कसैले एकहोरो बोरा उचाल्नु पर्ने, कसैले एकहोरो बसेर साग टिप्नु पर्ने सबैको आ-आफ्नो पिडा थियो। आ-आफ्नै ठुलो समस्य थिए। त्यहि माथि कोरियनहरुको कचकच। धेरैको भिडमा केहि मात्र काम र दाम सन्तोषजनक रहेको बताउंदै आफुलाई भाग्यमानी सम्झंथ्ये।
    कति साथीहरुलाई भर्खर आएको कसरि ५ वर्ष कटाउने भन्ने चिन्ता थियो त् कतिलाई अब कोरियाको भिसा सकिन लाग्यो भन्ने चिन्ता। नेपाल गएर के गर्नु यार ? अब भिसा थप्न पनि कसैको कम्पनीमा मापदण्ड भन्दा धेरै कामदार भएकोले नमिल्ने।कसैले कम्पनि चेन्ज गरेको त् कसैले कम्पनीले फेरी बोलाउने नबोलाउने अनविज्ञता। सिबिटी दिएर आउन पनि खै पास गर्न सकिएला जस्तो लाग्दैन। अब इलिगल पो बस्नु पर्छ कि भन्ने साथीहरु पनि थिए। अहिले सम्मको कमाइ त सानो घरघडेरीमा लगानी गरेर सकियो। अब घर परिवार पाल्न उपाय त् खोज्नु पर्यो। देशमै गएर केहि गर्ने कुरो पनि मिथ्या जस्तो लाग्न थाली सक्यो। के गर्नु? देशको माया बोकेर मात्र जीवन त् नचल्ने रहेछ। देशको बिग्रँदो राजनीतक अवस्था, परिस्थिति बारेमा सबैको चिन्ता,पिडा र आक्रोश त् थियो तर त्यो चिन्ता गरेर हुने केहि थिएन।
  • आफ्नो त् मात्र ३ दिनको विदा थियो। कुनै साथीहरुको दूई दिन मात्र भने कसैको भने एक हप्तै। कसैले विदा थोरै भएकोमा गुनासो त् विदा धेरै हुनेहरुले यो महिनाको तलव थोरै आउने भो भन्ने गुनासो। आखिर मान्छेको बैगुनी जात न हो। साथीसंगी, आफ्ना-आफन्तीहरु संगको भेटघाट,रंगरमाइलो पछी यो छुसकको विदा सकियो भन्दै फेरी उही कम्पनीको बाटो लागियो ,कोरियनहरुको महान पर्व छुसकको तीनदिने विदामा सदाको वर्षहरुमा झैं यो वर्ष पनि साथीसंगी भेट्न सौल गएको थिएँ। कम्पनीको एकहोरो काम, थकान,वाक्कदिक्क लाग्दो अत्यासिलो समय २-३दिनको विदामा यसो बाहिर निस्केर तनावमुक्त हुनुको मज्जा पनि बेग्लै हुने। छुसको विदामा भेट्नुपर्छ भन्दै करिब ३-४ महिना अगाडी देखि नै योजना बनाएका हामि थुप्रै मज्बुरिहरु भित्ताको क्यालेन्डर हेर्दै छुसकको व्यग्र प्रतिक्षामा थियौं नै। जब छुसक आयो तव सबैको विदा संगै मिलेन कति साथीहरु संग भेटघाट गरियो कति साथीहरु संग भेटघाट हुन सकिएन विदा अनि समय पावान्दिको कारणले। आयो गयो छुसक। अब अर्को पर्व सलनालको प्रतिक्षामा हामी मज्बुरिहरु पक्कै रहने छौं। तर जाडोको समय हुने भएकोले बाहिर निस्कन उपयुक्त भने हुनेछैन सलनाल।

No comments:

Post a Comment