Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 3, 2015

म बाँच्न चाहन्छु :मृगौला पिडित कृष्ण बहादुर शाही


  • नमस्ते नेपाल कोरिया डट कम

  • ०३ अक्टोबर,२०१५ ,कोरिया 

  • म बाँच्न चाहन्छु :मृगौला पिडित कृष्ण बहादुर शाही को आग्रह

  • शाहीलाई सहयोह गरिदिन “धादिङ्ग समाज कोरिया” को अपिल -

    आगिन्चोक-५, देलिस्वारा, धादिङ्ग घर भएका २८ बर्षीय कृष्ण बहादुर शाही दुबै मृगौलामा खराबी देखिएपछि बिगत ६ महिना देखि निदान अस्पताल ललितपुरमा उपचार गर्दै आएका छन् । उनले हाल सम्म उपचार र डाईलसिसको लागि आफुले कमाएको केहि, र साथीहरुको सहयोग गरि झन्डै ७ लाख रूपैयाँ खर्च गरिसकेका छन् भने मृगौला प्रत्यरोपण गर्नुपर्ने भएकोले अझै १६ लाख रूपैयाँको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ । पहिले भारतमा सामान्य जागिर गर्दै आएका शाही भबिष्यको सुनौलो सपना बुनेर केहि समय अघि दुवै (UAE) गएका थिए । गत बैशाखको महाभूकम्पले उनको घर-परिवारलाई पनि ठुलो क्षति पारेपछि उनि घर -व्यवहार सम्हाल्न भनि घर फर्केका थिए । सामान्य अवस्थामा फर्के पनि फर्केको केहि समय पछि उनि बिरामी परे र जचाउँदा दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुगिसकेको थाहा पाईएको उनि बताऊछन् । एकातिर भूकम्पले दिएको चोटको पिडा त छँदै थियो, त्यसमाथि परिवारको आर्थिक श्रोतको आधार आफ्नो दुवै मृगौलाले काम नगर्ने भएपछी झनै उनि माथि ब्रजपात आइपरेको छ । त्यति मात्रै नभई उनको आफ्नो जिबनको आधार बुबा जन्मजात अपाङ्ग हुन् भने आमाको मृत्यु भैसकेको छ । देश-बिदेशमा रहेका विभिन्न संघ-संस्था तथा समाज सेवी ब्यक्तित्व हरुको सानो-सानो सहयोग पाए उनले नयाँ जिबन पाउने थिए भन्दै पिडित शाही र आफन्तहरुले गरेको अग्रह लाई स्वीकार्दै “धादिङ्ग समाज कोरिया” ले पनि उनको उपचारमा सकेको सहयोग गर्न भनि सन्तोष अधिकारीको संयोजक्त्वमा कोरियामा सहयोग सङ्कलन थालिएको हुँदा, विभिन्न संघ-संस्था तथा ब्यक्तित्वहरुलाई सहयोगको लागि हार्दिक अनुरोध गरिएको छ ।

    सहयोगको लागि,

    HANA BANK : A/c No. 849-910149-26407 (산토시) / (Adhikari Santosh) Contact No : 010-4968-6954

No comments:

Post a Comment