Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 25, 2015

कास्की समाज कोरियाद्वारा मृतक भविश्वर गुरुङको परिवारलाई सहयोग

नमस्ते नेपाल कोरिया संवाददाता
रोजगारीको शिलशिलामा कोरियामा रहँदा ज्यान गुमाएका कास्कीका भविश्वर गुरुङको परिवारलाई कास्की समाज कोरियाले सहयोग गरेको छ । समाजको अगुवाईमा संकलन भएको ३ लाख ६२ हजार ५ सय रूपैयाँ भविश्वरकी धर्मपत्नी विमला गुरुङलाई शुक्रबार हस्तान्तरण गरियो ।

गत असार २७ गते भविश्वरको हृदयघातका कारण कोरियामा निधन भएको थियो । लेखनाथ–१२स्थित गगनगौंडामा घर भएका गुरुङ बिगत ६ वर्षदेखि कोरियामा थिए । श्रीमानको मृत्युपछि घरपरिवारको सहयोग नपाएपछि बिमला ७ वर्षीया छोरी बिन्ती र ११ वर्षीय छोरा विज्ञानलाई लिएर पोखरा–१२ शीतलदेवीमा माइतीको सहारामा बस्दै आएकी छन् ।
छोरा–छोरीको अध्ययनमा केही भएपनि सहयोग पु¥याउने उद्देश्यले बिमलालाई आर्थिक सहयोग गरेको कास्की समाज कोरियाले जनाएको छ । संस्थाका वरिष्ठ सल्लाहकार मदन केसी, सल्लाहकार तीलबहादुर गुरुङ, कोषाध्यक्ष कमल बस्नेत, पूर्व उपाध्यक्ष घमबहादुर गुरुङलगायतको टोलीले उक्त रकम शुक्रबार बिमलालाई हस्तान्तरण गरेका हुन् ।
समाजका अध्यक्ष नवीन गुरुङ, सचिव खुमप्रसाद गुरुङलगायत समाजका पदाधिकारी तथा सदस्यहरुको सक्रियतामा रकम संकलन भएको वरिष्ठ सल्लाहकार केसीले जानकारी दिए । ‘कास्की समाज कोरियाको सहयोगले बिमलालाई बालबच्चा पढाउन केही भएपनि सहयोग मिलेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने समाजबाट जानकारी आएको छ ।’
भविश्वरका साथीसमेत रहेका कोषाध्यक्ष कमलले श्रीमान गुमाएर पीडामा परेकी बिमलाको परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । कास्की समाज कोरियाले यस अगाडि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । कोरियामा रोजगारीका लागि रहेका कास्कीका विभिन्न व्यक्तिहरुको सक्रियतामा सन् २००८ मा गठन भएको समाजले यस अगाडि सहारा क्लब पोखरालाई ७० हजार रूपैयाँ सहयोग गरेको थियो ।
सेती बाढी पीडितलाई दुई पटक गरेर ३ लाख ८५ हजार रूपैयाँ सहयोग गरेको समाजले कोरियामा रहँदा ब्लड क्यान्सरबाट पीडित बनेका कास्कीकै हरि केसीलाई उपचारका लागि १० लाख रूपैयाँ सहयोग संकलन गरेको केसीले जानकारी दिए । कास्की जिल्ला भलिबल संघलाई भलिबल प्याराफिट बनाउन २ लाख रूपैयाँ सहयोग गरेको समाजले कास्कीकै शुक्रराज बलभद्र उच्च माविलाई पनि सहयोग गरिसकेको छ । ‘कास्की समाज कोरियाले धेरै सामाजिक काम गरिरहेको छ,’ वरिष्ठ सल्लाहकार केसीले भने ।

No comments:

Post a Comment