Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 23, 2015

कर्म ब्याण्ड २५ तारिक कोरिया आईपुग्ने

नोमराज गुरुङ ,सउल  कोरिया
रोधी सांगीतिक सौगात भाग–३, मा हुने ‘कर्म ब्याण्ड लाईभ कन्सर्ट’ का लागि कर्म ब्याण्डका टिम अगामी २५ तारिक कोरिया आईपुग्ने भएका छन् ।

ब्याण्डमा आबद्ध ५ जनाको टिम मध्य भोकलिष्ट सुरेन्द्रमान सिं अमेरिकाबाट र लिड गीटारिष्ट तथा ब्याक भोकलिष्ट बासुदेव श्रेष्ठ, प्रक्यूजन प्रशान्त महर्जन, ड्रम तथा साईड भोकलिष्ट कुमार महर्जन र बेस गीटारिष्ट मनिकमान सिं लगायतको टोली नेपालबाट आउनेछन् ।

कार्यक्रमको अन्तिम चयारी भईरहेका बेला आयोजक तमु धीँ दक्षिण कोरियाका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरज गुरुङ्ले दिएको जानकारी अनुसार कोरियामै एकदिने रियलसल गर्ने गरी ब्याण्डका सदस्यहरु २५ तारिक आउन लागेका हुन् ।

गुरुङ्को अनुसार ब्याण्डका सदस्यहरुलाई स्वागत गर्न  तमु धीँका सल्लाहकारहरु नारायण गुरुङ्, बेल गुरुङ् लगायतको टोली एयरपोर्ट जानेछ ।

ब्याण्डका मुख्य भोकलिष्ट सुरेन्द्रमान सिंले ब्याण्डका अन्य सदस्यहरुसँग कन्सर्ट हलमै एकदिने रियलसल गर्दा दर्शकलाई तताउन सजिलो हुने बताएपछि आयोजकले त्यसको ब्यवस्थापन गरेको गुरुङ्ले जानकारी दिए ।

रोधी सांगीतिक सौगात भाग–३ अन्र्तगतको लाईभ कन्सर्टमा ब्याण्डले हुँक मेरो, कहाँ होला घरबार, खुकुरीलाई अचानो, कलिलो तामालाई लगायतका दर्जन गीत गाउने बताईएको छ ।

लाईभ ब्याण्डसँगै दर्शक तताउनका लागि आउने सुगम संगीतकी चर्चीत गायिका अन्जु पन्त र लोकदोहोरी गायिका कृष्ण गुरुङ् भने २६ तारिक मात्रै कोरिया आईपुग्नेछन् ।

No comments:

Post a Comment