नमस्ते नेपाल कोरिया डट कम
कोरियामा आउदो सेप्टेम्बर २७ तारिक एभरेष्ट एफसी परिवार कोरियाद्वारा आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम ‘साउण्ड अफ समर’ का लागि कलाकारहरु आउने क्रम शुरु भएको छ |
लोकप्रिय गायक राजु लामा शुक्रबार साँझ ५. ३० मा अमेरिकाबाट इन्छन बिमानस्थलमा ओर्लिएका छन् | उनलाई सस्थाका अध्यक्ष राजु लिम्बु,नरेश तुम्बपो लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए | त्यस्तै आज दिउसो २ बजे नेपालबाट नृत्यकार पार्बती राई, नया पुस्ताका उदयमान गायिका तृष्णा गुरुङ साथै अहिले एक्दमै चर्चाको सिखरमा रहेको कमेडीयन भद्रगोल टिमका जिग्री र पाँडे ( कुमार कट्टेल र अर्जुन घिमिरे) कोरिया आइपुग्ने जनाइएको छ | साउण्ड अफ समरमा तेश्रो नेपाली ताराका बिजेता प्रताप लामाले पनि प्रस्तुती दिने भएका छन् | उनि केहि दिन अघि नै कोरिया आइसकेका छन् | कार्यक्रम भोलि अर्थात छुसकको दोस्रो दिन सेप्टेम्बर २७ मा सउल दुङगुक बिश्वबिद्यालयको हलमा हुन लागेको हो | ‘एभरेष्ट एफसी परिवारको अभियान भुकम्प पिडित बाल बालिकाहरु को शिक्षामा योगदान’ भन्ने मुल नारा लिएर गर्न लागिएको कार्यक्रमको लागि कोरियाको बिभिन्न स्थानमा ३ हजार ५ सय टिकट वितरण गरिएको संस्थाका सदस्य उमेश लिम्बुले बताए |

No comments:
Post a Comment