नमस्ते नेपाल कोरिया संवाददाता
नेपाल र दक्षिण कोरियाबिच रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रशिक्षार्थी कामदार छनोट गर्न लिइएको छैटौं कोरियन भाषा परीक्षाको नतिजा आगामी २१ असोजमा सार्वजनिक हुने भएको छ ।
गत शनिबार र आइतबार गरी दुई दिनमा सम्पन्न भएको सो भाषा परीक्षामा कुल ४३ हजार ४ सय ६ जना मात्र सहभागी भएका थिए । यस वर्ष कुल ५१ हजार १ सय ३७ जनाले कोरियन भाषा परीक्षाकालागि आवेदन दिएकामा अपेक्षा गरिएको भन्दा केही कम जम्मा ७ हजार ७ सय ३१ जनाले मात्र परीक्षा नदिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले तराईमा लामो समयदेखि जारी बन्द हडताल एवं नयाँ संविधान जारी हुने खुसियाली र उल्लासमय वातावरणको समेत कुनै परवाह नगरी अपेक्षा गरिएको भन्दा अझ बढी परीक्षार्थी यस परीक्षामा सहभागी भएको बताए । उनले यसपालि विगतका वर्षहरूको भन्दा भाषा परीक्षा सम्पन्न भएको सबैभन्दा छोटो समय १८औं दिन आगामी २१ असोजमै नतिजा सार्वजनिक हुने बताए ।
उनले भाषा परीक्षाको नतिजा सार्वजनिक भएसँगै तुरुन्तै उत्तीर्ण परीक्षाथीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्य र रोजगार आवेदन फाराम भर्ने काम एकैपटक सम्पन्न हुने बताए । उनले जोसुकै परीक्षार्थी उत्तीर्ण भएको नतिजाको बारेमा जानकारी लिएर काठमाडौं आएका बेला सबै काम एकैपटक सम्पन्न गराई उनीहरूलाई सकेसम्म छिटो घर फर्काउने वातावरण बनाउने उद्देश्यले यसपालि शाखाले यस्तो निर्णय गरेको बताए ।
भाषा परीक्षा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम भर्ने जति सबै प्रशिक्षार्थी कामदारको नाम तत्काल प्राइमरी रोस्टरमा राखेर कोरिया पठाइने जानकारी गराउँदै उनले त्यसपछि कोरियाले सम्झौताअनुसारको कामदारको डिमान्ड पठाउन थाल्ने बताए ।
उनले गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण केही महिना ढिला सम्पन्न भएको यो भाषा परीक्षा अपेक्षा गरिएको भन्दा निकै मर्यादित र व्यवस्थित भएको दाबी गरे । उनले परीक्षामा अनियमितता गर्ने र अरूका नाममा परीक्षा दिने नक्कली परीक्षार्थी गरी कुल १ सय १२ जना पक्राउ परेको बताए ।
उनले यसपालि पक्राउ परेकालाई पूर्वसूचित कानुनअनुसार कारबाही गरिने जानकारी दिए । नक्कली परीक्षार्थीहरूमध्ये पक्राउ पर्नेमा कोरियाको रोजगारीमा बहाल वा अनुमति प्राप्त व्यक्ति पाइए सो अनुमति खारेज गरिने, एक पटक कोरिया गएर आएका पूर्वकामदार भएमा उसलाई अब कम्प्युटरमा आधारित टेस्ट (सीबीटी) दिएर पुनः कोरिया जान पाउने अवसरबाट वञ्चित गर्ने सम्मको कारबाही गर्ने निर्णय यस शाखाले गरेको पनि उनले जानकारी दिए । राजधानी दैनिकमा खवर छ ।
काठमाडौंका विभिन्न १५ ओटा र पोखराका तिनओटा गरी १८ ओटा केन्द्रमार्फत सो परीक्षा लिइएको ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार सन् २०१५ का लागि एचआरडी कोरियाले कुल ७ हजार १ सय प्रशिक्षार्थी नेपाली कामदारको कोटा निर्धारण गरेको छ । जसमध्ये औद्योगिक उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि उत्पादन एवं पशुपालनतर्फ २ हजार २ सयजना नेपाली कामदारको कोटा प्राप्त भएको छ ।
यो परीक्षा दिएका कुल परिक्षार्थीमध्येबाट त्यति नै संख्यामा उत्कृष्टताको आधारमा नेपाली कामदार छनोट गर्ने तयारी सो शाखाको रहेको छ । अहिले नेपालसहित कोरियाले विभिन्न १५ देशबाट प्रशिक्षार्थी कामदार लैजाँदै आएको छ । गत वर्ष पनि ईपीएस प्रणालीअन्तर्गत कोरियन परीक्षाका लागि करिब ६० हजारले आवेदन दिएकोमा नेपालका लागि करिब ४ हजारको मात्र कोटा छुट्ट्याइएको थियो ।
दक्षिण कोरिया जाने प्रशिक्षार्थी कामदार छनोट गर्न लिइएको सो परीक्षाको पहिलो दिन जम्मा २२ हजार परीक्षार्थी मात्र सहभागी भएका थिए । उनले आगामी वर्ष सो परीक्षाका लागि एमआरपी पासपोर्ट अनिवार्य गरिएको बताए । उनले यस परीक्षामा दक्षिण कोरियाबाट ५२ जनाको टोली काठमाडांै आई आफ्नो काम सम्पन्न गरेको जानकारी दिए ।
नेपाल र दक्षिण कोरियाबिच रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रशिक्षार्थी कामदार छनोट गर्न लिइएको छैटौं कोरियन भाषा परीक्षाको नतिजा आगामी २१ असोजमा सार्वजनिक हुने भएको छ ।गत शनिबार र आइतबार गरी दुई दिनमा सम्पन्न भएको सो भाषा परीक्षामा कुल ४३ हजार ४ सय ६ जना मात्र सहभागी भएका थिए । यस वर्ष कुल ५१ हजार १ सय ३७ जनाले कोरियन भाषा परीक्षाकालागि आवेदन दिएकामा अपेक्षा गरिएको भन्दा केही कम जम्मा ७ हजार ७ सय ३१ जनाले मात्र परीक्षा नदिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले तराईमा लामो समयदेखि जारी बन्द हडताल एवं नयाँ संविधान जारी हुने खुसियाली र उल्लासमय वातावरणको समेत कुनै परवाह नगरी अपेक्षा गरिएको भन्दा अझ बढी परीक्षार्थी यस परीक्षामा सहभागी भएको बताए । उनले यसपालि विगतका वर्षहरूको भन्दा भाषा परीक्षा सम्पन्न भएको सबैभन्दा छोटो समय १८औं दिन आगामी २१ असोजमै नतिजा सार्वजनिक हुने बताए ।
उनले भाषा परीक्षाको नतिजा सार्वजनिक भएसँगै तुरुन्तै उत्तीर्ण परीक्षाथीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्य र रोजगार आवेदन फाराम भर्ने काम एकैपटक सम्पन्न हुने बताए । उनले जोसुकै परीक्षार्थी उत्तीर्ण भएको नतिजाको बारेमा जानकारी लिएर काठमाडौं आएका बेला सबै काम एकैपटक सम्पन्न गराई उनीहरूलाई सकेसम्म छिटो घर फर्काउने वातावरण बनाउने उद्देश्यले यसपालि शाखाले यस्तो निर्णय गरेको बताए ।
भाषा परीक्षा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम भर्ने जति सबै प्रशिक्षार्थी कामदारको नाम तत्काल प्राइमरी रोस्टरमा राखेर कोरिया पठाइने जानकारी गराउँदै उनले त्यसपछि कोरियाले सम्झौताअनुसारको कामदारको डिमान्ड पठाउन थाल्ने बताए ।
उनले गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण केही महिना ढिला सम्पन्न भएको यो भाषा परीक्षा अपेक्षा गरिएको भन्दा निकै मर्यादित र व्यवस्थित भएको दाबी गरे । उनले परीक्षामा अनियमितता गर्ने र अरूका नाममा परीक्षा दिने नक्कली परीक्षार्थी गरी कुल १ सय १२ जना पक्राउ परेको बताए ।
उनले यसपालि पक्राउ परेकालाई पूर्वसूचित कानुनअनुसार कारबाही गरिने जानकारी दिए । नक्कली परीक्षार्थीहरूमध्ये पक्राउ पर्नेमा कोरियाको रोजगारीमा बहाल वा अनुमति प्राप्त व्यक्ति पाइए सो अनुमति खारेज गरिने, एक पटक कोरिया गएर आएका पूर्वकामदार भएमा उसलाई अब कम्प्युटरमा आधारित टेस्ट (सीबीटी) दिएर पुनः कोरिया जान पाउने अवसरबाट वञ्चित गर्ने सम्मको कारबाही गर्ने निर्णय यस शाखाले गरेको पनि उनले जानकारी दिए । राजधानी दैनिकमा खवर छ ।
काठमाडौंका विभिन्न १५ ओटा र पोखराका तिनओटा गरी १८ ओटा केन्द्रमार्फत सो परीक्षा लिइएको ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार सन् २०१५ का लागि एचआरडी कोरियाले कुल ७ हजार १ सय प्रशिक्षार्थी नेपाली कामदारको कोटा निर्धारण गरेको छ । जसमध्ये औद्योगिक उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि उत्पादन एवं पशुपालनतर्फ २ हजार २ सयजना नेपाली कामदारको कोटा प्राप्त भएको छ ।
यो परीक्षा दिएका कुल परिक्षार्थीमध्येबाट त्यति नै संख्यामा उत्कृष्टताको आधारमा नेपाली कामदार छनोट गर्ने तयारी सो शाखाको रहेको छ । अहिले नेपालसहित कोरियाले विभिन्न १५ देशबाट प्रशिक्षार्थी कामदार लैजाँदै आएको छ । गत वर्ष पनि ईपीएस प्रणालीअन्तर्गत कोरियन परीक्षाका लागि करिब ६० हजारले आवेदन दिएकोमा नेपालका लागि करिब ४ हजारको मात्र कोटा छुट्ट्याइएको थियो ।
दक्षिण कोरिया जाने प्रशिक्षार्थी कामदार छनोट गर्न लिइएको सो परीक्षाको पहिलो दिन जम्मा २२ हजार परीक्षार्थी मात्र सहभागी भएका थिए । उनले आगामी वर्ष सो परीक्षाका लागि एमआरपी पासपोर्ट अनिवार्य गरिएको बताए । उनले यस परीक्षामा दक्षिण कोरियाबाट ५२ जनाको टोली काठमाडांै आई आफ्नो काम सम्पन्न गरेको जानकारी दिए ।
No comments:
Post a Comment