Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 23, 2015

सभ्य र समुन्नत समाजको निर्माण यसरी

जीतेन्द्र महता 

२३ अगस्त २०१५
दक्षिण कोरिया ।  


सत्यको बाटो पहिल्याउ भगवान बुद्धको पूण्यभूमीमा हत्याहिंसा, जातभात, धर्मको लडाइँ, क्षेत्रीयताको लडाइँ सदाको लागि बन्द गरौं, यसमै सबैको कल्याण हुनेछ


मानव समाजको विकाससंगै व्यवस्थित समाजको आवश्यकता हुन्छ । मेरो बुझाईमा समाजमा विशेष गरि दुई किसिमका मानव हुन्छन् एकथरी आफू, आफ्नो मात्र भलो चिताउने भने अर्को थरी समाज राष्ट्र र हामी भन्ने खालका हुन्छन् ।एउटा मानविय समाजमा जसरी सहयोग, आपसी लेनदेन हुन्छ , त्यसै गरि मनुमुटाव, द्वन्द , झगडा हुनु स्वभाविक छ ।व्यक्तिगत स्वार्थ प्राप्त गर्न गरिने द्वन्द राम्रो मानिदैन तर समाज परिवर्तनका लागि गरिने क्रान्तिकारी कदमलाई स्वभाविक मानिन्छ । क्रान्ती पनि विभिन्न स्वरुपका हुन्छन ।
जसमध्ये समाजको आमूल परिवर्तनका लागि गरिने क्रान्ति पनि एक हो । सबै देशमा क्रान्तिकारी तरिकाबाट समाज परिवर्तन भएको हुंदैन । नेपालमा परिवर्तनका नाममा हुने गरेका बन्द, हड्ताल, हत्याहिंसाले देश र जनताको भलो गर्दैन । 
कुनै दलगत वा सिमित समुदायको स्वार्थका लागि गरिने हिंसात्मक गतिविधिले सिंगो नेपाली समुदायले सास्ती बेहोर्नु परेको छ । राज्य अथवा दलहरुले आफ्ना माग पूरा गराउन बन्दको विकल्पमा खोज्नु पर्ने भनी जति बहस चलाए पनि बन्दलाई रोक्न सकिएको छैन । मानौं बन्द नेपालीको पहिचान भईसक्यो । क्रान्तिको उद्देश्य व्यापक हुन्छ तर नेपाल क्रान्तिका कुरा धेरै हुने गर्छन जस्तै- कृषि क्रान्ति, औधोगिक क्रान्ति आर्थिक क्रान्ति आदि ईत्यादी ।
जब जब नेपालमा सिंगो नेपाली समुदायले आफूलाई अत्याचार, दमन शोषण महसुस गरे तब तब क्रान्तिका माध्यमबाट परिवर्तन गर्न जनमत तयार हुँदै गयो र वि.स. २००७, २०४६, २०६२/६३ का आन्दोलनहरु सशक्तरुपमा सफल भए । यधपी ती उपलब्धिहरुलाई राजनीतिक दलहरुले संस्थागत गर्न त्यति गम्भीर भएनन् । 
बरु व्यक्तिगत स्वार्थका लागि सबै दल एकआपसमै विभाजित हुँदै गए । एउटै पार्टी भित्र पनि विभिन्न समूह, गुट,उप गुटतिर पार्टीहरुका नेताहरू केन्द्रित भईरहेका छन् ।उदाहरणका लागि म कांग्रेस हुं भन्दा कुन कांग्रेस सुशील,रामचन्द्र की देउवा, त्यस्तै एमालेको कुरा गर्दा कुन एमाले केपी,झलनाथ कि माधव, त्यस्तै माओवादीको कुरा गर्दा कुन प्रचण्ड, बाबुराम, वैध , बिपलब आदि इत्यादि । 
एकदल र अर्को दलबीचको द्वन्द वा एकै पार्टीभित्रको एक समूह र अर्को समूहको झगडाले दललाई मात्र नभइ सिङ्गो मुलुकलाई नै दलदलमा धकेली रहेको छ। एउटै परिवारभित्र सामान्य कुरामा मतभेद हुन्छन, आमाले गर्ने मायामा पनि छोराहरू फरक- फरक हुन्छ । राम्रो विचार र कमाउने छोराको नजिक आमा हुन सक्छिन , त्यस्तै बाबुको फरक बिचार हुन सक्छ । परिवारजस्तै एकै पार्टीमा पनि कुनै कार्यकर्ताले एक नेतालाई राम्रो देख्नु,नजिक देख्नु वा उठवस हुनु स्वभाविक छ तर देशमा विधमान देखिएका एक समूहले अर्को समूह बनाएर झगडा गर्नु, गरिनु राम्रो होईन ।आन्तरिक मतभेदलाई आपसी सहमतिबाट टुंगोमा पुर्याउनु पर्छ । 
नेताहरुले कार्यकर्ता र जनतालाई विभिजित गर्न उत्प्रेरकको काम गर्नु हुंदैन र अहिले शिक्षित समाजले पनि यो विषयमा गहन हुनु जरुरी छ ।आन्तरिक वा बाह्य द्वन्दले न देशको भलो हुनेछ न कुनै दल विशेषको। यो संबेदनशील घडीमा एक सिंगो राष्ट्र परिवारजस्तै मिलेर देशको अभिभारा पूरा गर्नुछ । म भन्दा हामी भन्ने सोचको बिकास गरौं । हिंसात्मक गतिविधि छोडौं, देशको नव निर्माणमा लागौं । सत्यको बाटो पहिल्याउ भगवान बुद्धको पूण्यभूमीमा हत्याहिंसा, जातभात, धर्मको लडाइँ, क्षेत्रीयताको लडाइँ सदाको लागि बन्द गरौं, यसमै सबैको कल्याण हुनेछ ।
( लेखक- सुदूरपश्चिम समाजका अध्यक्ष र नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सह- महामन्त्री हुनुहुन्छ )

No comments:

Post a Comment