Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 24, 2015

रेसुंगा रनिङ्कप उपाधि कास्की परिवारले चुम्यो



पाचौं रेसुंगा रनिङ्कप भलिबल प्रतियोगिताको उपाधि कास्की परिवारलाई  

किशन गौतम , द.कोरिया 

२४ अगस्त २०१५ 

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि अगष्ट २३ तारिख आइतबारको दिन सम्पन्न भएको रेसुंगा रनिङ्कप भलिबल प्रतियोगिता भाग ५ को उपाधि कास्की परिवारले चुम्न सफल भएको छ 
१५ टिम बीच बेजोड प्रतिस्पर्धा रहेको उक्त खेलमा ,आफ्नो प्रतिस्पर्धी टिम म्याग्दी समाज लाइ पछि पार्दै कास्की परिवारले उपाधि हात पार्न सफल भएको हो भने म्याग्दी समाज दोस्रो स्थानमा तथा तनहु सम्पर्क समिति र स्यांजा परिवार तेस्रो स्थान हात पार्न सफल भए  । त्यस्तै म्याग्दी समाजका बिजय कार्की उत्कृष्ट खेलाडी घोषित भएका थिए  
गुफावाल कुक्मिन हलमा सम्पन्न उक्त खेलमा यस भन्दा अघि तगातर २ वटा उपाधि हात पार्न सफल भएको बाग्लुङ्ग सम्पर्क समितिको भने यस पटक अलि कमजोर प्रस्तुति रह्यो 
साझा ९ बजे सम्म चलेको उक्त खेलको अन्त्यमा प्रमुख अतिथि एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवर र यस संस्थाका अध्यक्ष प्रेम ज्ञवालीले संयुक्त रुपमा प्रथम ,द्दीतिय र तृतीय हुने टिमहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान गर्नु भएको थियो 
उक्त दिन खेल संगै आपदकालिन राहत कोष संकलनार्थ भाग्यशाली उपहार चिट्ठा पनि खोलिने पुर्व निर्धारित कार्यक्रम रहेको भएतापनि सबै संघ -संस्थाहरुबाट चिट्ठा को विवरण आइनपुगेकोले अब युनिक भिजन ग्रुप ले आयोजना गर्ने भलिबल प्रतियोगिता कार्यक्रम को दिन खोलिने कुरा समितिले जानकारी गराएको छ 

No comments:

Post a Comment