किशन गौतम , द. कोरिया
८ जुलाई २०१५
कोरियाली मजदुर ज्याला निर्धारण समितिमा त्रिपक्षिय मतभिन्नता कायमै l बुधबार साँझ सम्म मतदान हुने सम्भावना ।
सन् १०१६ को लागि कोरियाली मजदुर ज्याला निर्धारण समितिको बैठक मंगलवार साँझदेखि बसेपनि सरकारी प्रतिनिधि ,मजदुर प्रतिनिधि र कम्पनि ब्यबस्थापन प्रतिनिधि को आ- आफ्नै अडान को कारण ले गर्दा बुधबार बिहान सम्म पनि कुनै पनि निष्कर्षमा पुग्न सकेको छैन । बैठक फेरी बुधबार साँझ बस्ने कार्यक्रम रहेको कुरा प्रबासी मजदुर संगठन का अध्यक्ष उदय राइ ले जानकारी गराउनु भएको छ ।
बिहान ५ बजे सम्म समितिको कार्यालय थेजनमा बसेको बैठकमा मजदुर संगठनले प्रति घण्टाको ८ हजार २ सय वन हुनुपर्ने मा अडान लिएको छ भने त कम्पनि ब्यबस्थापन प्रतिनिधिले बैठक को अन्त्यतिर प्रतिघन्टा ५ हजार ७ सय १५ वन सम्म मात्रै हुनसक्ने बताएका छन् त्यस्तै बार्ताको मध्यस्तकर्ता सरकारी प्रतिनिधिले ५ हजार् ९ सय ४० वन देखि ६ हजार १ सय २० वन सम्म मा सम्झौता गर्नु पर्ने प्रस्ताब अगाडी सारेको छ ।
बुधबार दिउसो सम्म को लागि स्थगित भएको बैठक बेलुका पनि उस्तै आ-आफ्नै अडान कायमै रहेमा मतदान हुने सम्भावना रहेको कुरा अध्यक्ष राइ ले जानकारी गराउनु भयो ।
अध्यक्ष राइ का अनुसार बैठक निष्कर्ष बिहिन भएपछी समितिको कार्यालय अगाडी मजदुर संगठन प्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेका थिए । स्मरण रहोस कोरियाली मजदुर संगठन र प्रबासी मजदुर संगठन केसिटियु र एमटियु ले संयुक्त रुपमा प्रतिघन्टा १० हजार हुनुपर्ने माग गर्दै एक छन् v
No comments:
Post a Comment