बलराम पुन
०८ जुलाई २०१५कोरिया
सर्बप्रथम एनसिसिको चुनाब मा मेरो बहिष्कारको को बाबजुत पनि अमुल्य भोट दिनु भएकोमा मेरो सुभचिन्तक तथा कोरिया मा रहनुहुने दाजुभाई तथा दिदीबहिनीहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु् ।
बिगत ४ वर्ष देखि निरन्तर आफ्नो संगठनलाई थाती राखी राप्ती सम्पर्क मंच सहसचिब हुदै सल्लाकार,मगरसंघ को सहसचिब हुदै सल्लाकार,एनसिसिको उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष र मजदुर हक अधिकारको निम्ति प्रबासी मजदुर संगठनमा निरन्तर रुपमा काम गरे । मैले समाज सेवालाई मेरो धर्म सोची दिनरात काम गरि रहे अझैं पनि काम गर्ने जोश र जागरको साथ एनसिसिको अध्यक्षको लागि तयारी भए तर दुर्भाग्य निष्पक्ष र सच्चा लोकलान्त्रिक तरिकाले चुनाब नहुदा र एक पक्षले एकलौटी रुपमा चुनाब गरेकोले मैले यो चुनाब बहिस्कार गरेको थिए ।
मैले सधै भन्ने गर्थे एनसिसि राजनीतिविहिन सामाजिक संस्था हुनुपर्छ ।भन्दा भन्दै राजनीतिक गुटबाट आउने प्रष्ट र सस्थाको चुनाबमा पनि घिनलाग्दो तरिकाले भएको चुनाबको बहिष्कार गर्न बाध्य बनायो । हिजोसम्म बलरामलार्इ सर्वसम्मत भन्नेहरु पनि पार्टीको झन्डा मुनि गएकोले त्यो चुनाब बहिष्कार गर्न बाध्य भए ।एनसिसिको चुनाबमा जुन नौंटंकी देखियो जसको काराण साथैं निर्बाचन आचारसमिता नभएकोले बहिस्कार गर्न बाध्य बनायो ।
जे भएनी कोरियामा एनसिसिले इतिहासमै नगरेको एनसिसिको अधिबेशन गराएरै छाडेको छु् र अधिबेशन मार्फत नया कार्य समितिलाई ८० लाख भन्दा माथि रकम जम्मा गरिदिएको छौं । जहा की पहिलो कार्यसमितिले हामीलाई जम्मा ९५ हजार छोडेको थियो । एनसिसिलाई मर्ज गर्ने कुरा ल्याउदा एकोहोरो प्रतिबाद गरि एनसिसिलाई बचाएको छु् र नेपाल हाउसको लागि २० लाख सहित एकपक्षीय रुपमा एनसिसिले कार्यक्रम दिएर व्यापक रुपमा सफल बनायो ।
अनि मेरो कार्यकाल मा लगभग ८ /१० ओटा सस्थाले गरेको कार्यक्रम १/ २ ओटा बाहेक सबै को सफल रहयो ।मेरै पहलमा ताप्लेजुंग अग्निपिडितलाई ४० लाख वोन दिने काम भयो ।जाजरकोट महामारीको लागि मेरै पहलमा रु ५१ हजार नेपालीको औंषधी पुर्याइयो ।
मेरै पहलमा अण्डर १७ का फुटबलका खेलाडीलार्इ एनसिसिद्वारा रु७० हजार नेपाली नगद पुरुस्कार दियो । सानातिना कामहरु त धेरै गर्यो एनसिसिले, नेपालको बिरामी देखि लिएर कोरिया ठुल ठुला बिरामीहरुको लागि सबै संग हातेमालो गरिरह्यो । ति मात्र नभएर अब एनसिसिलाई नया तरिकाले लिने उद्देश्यका साथ म र लोचन एक्लो भएनी एनसिसिलाई अगाडी लाने उद्देश्यले लडी रहे ।
अझैं धेरै गर्ने इच्छा हुदा हुदै म एनसिसिबाट निकालिएको छु् र बहिस्कार गरेपछि सबैले भन्दै थिए बहिस्कार नगरेको भए कुनै पद पाउने थियौ भनेर ।मलाई कुनै पद चाहिन्न ,म हिजो बरिस्ठ उपाध्यक्ष भएरै काम गरेको हु भनिदिए ।
जे भएनी यति धेरै माया गर्ने मेरा साथीभाइहरु र शुभचिन्तकलार्इ म के भन्न चाहन्छु भने ४ वर्ष निरन्तर सामाजिक सेवाका काम गरे ।अब म संगठन तर्फ लाग्ने हजुर हरुसंग निबेदन गर्न चाहन्छु । मेरो समाज सेवा जहाँ गएपनि निरन्तर रुपमा लागिरहनेछु् । तपाइँहरुको सहयोगले यहाँसम्म आए त्यसको लागि तपाईहरुलाई मेरो कुनै शब्द छैन सम्बोधन गर्नलाई । बांकी समय समाज सेवा र राजनीतिक हिसाबले अगाडी बढाउने छु होला । कोरिया रहेसम्म सगै हातेमालो गर्नेछु् ।
धन्यवाद !
बलराम पुन
(पुर्व वरिष्ठ उपाध्यक्ष एनसिसि कोरिया )
No comments:
Post a Comment