Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, July 2, 2015

नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया हुने



ऐश्वर्य श्रेष्ठ

०२  जुलाई २०१५
 दक्षिण कोरिया ।
“नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया तथा कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ ।सोसाईटी अभ नेप्लिज स्टुडेन्ट ईन कोरिया (सोन्सिक)को विषेश पहलमा दक्षिण कोरियाका राजधानी सोलमा आगामी जुलाई १२ तारिखमा सो अन्र्तक्रिया हुन लागेको हो ।


     सोन्सिकका अध्यक्ष बिमल सुवेदीका अनुसार नेपालको विकासमा प्रवासमा रहेका नेपालीहरुको भुमिका र साझेदारिता कसरी गर्न सकिन्छ भन्ने बारे छलफल हुने बताए ।
विधार्थी तथा श्रमिक प्रतिनिधिबाट अतिरिक्त  कार्यपत्र प्रस्तुत हुनका साथैं कोरियामा रहेका नेपाली समुदायबीच बृहत अन्र्तक्रिया समेत हुनेछ ।

विभिन्न प्राज्ञ तथा प्रोफेसरहरुको सहभागिता रहने सो कार्यशालामा प्रो डा ठाकुर सुवेदी ख्वांजु युनिभर्सिटी,प्रो. डा. मधुसुदन आत्रेय,खिमयोंग युनिभर्सिटी,डा. देवी बहादुर बस्नेत सिनियर रिर्सचर मेडीटक्स ईन्क,डा. ह्रिदयेस प्रताप मल्ल न्युरो सर्जन ख्यंगी युनिभर्सिटी मेडिकल सेन्टर,प्रो. डा. शिसिर मानन्धर सोल नेशनल युनिभर्सिटी प्रमुख वक्ता रहेको कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौला समन्यव तथा सहजकर्ता रहेका छन् ।

‘अब कोरा गफ हैन देश विकासको महान अभियानमा सहभागी बनौ, आलोचक मात्र हैन नयाँ नेपाल निर्माणको साझेदार बनौ’ भन्ने नाराको साथ दक्षिण कोरियामा रहेका नेपाली समुदायमा पहिलो पटक “नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” बिषयक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको सोन्सिक अध्यक्ष सुवेदीले जानकारी दिए ।


  नेपाली दुतावासको सह आयोजना र सहयोगी संस्थाहरुमा एन आई ई डि ,एन आर एन कोरिया ,सर्पोट नेपाल फाउन्डेसन,कोरिया एसिया फ्रन्डसिप फाउन्डेसन रहेका छन् ।

No comments:

Post a Comment