०२ जुलाई -२०१५
कोरिया
दक्षिण कोरियामा नेपाल हाउसलाई व्यवस्थित र दिर्घकालिन बनाउन दश करोड संकलन अभियानलाई सफल पार्ने उद्देश्यले आयोजना गरिएको नेपाल हाउस सांगीतिक महामेलाबाट १३ करोड ४१ लाख ५१ हजार ९३२ वन संकलन भएको छ ।
जसमध्ये केही व्यापारी, संघसंस्था र व्यक्तिबाट एक करोड, २० लाख, ९ हजार १११ वन संकलन हुन बाँकी रहेको नेपाल हाउस व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल हाउसले बुधबार प्रेस वित्तप्ति जारी गर्दै विगत चार महिना अघि बुसान र सोलमा आयोजना गरेको महामेला सांगीतिक कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो ।
गत फेब्रअरी १८ र १९ मा बुसान र सोलमा भएको सांगीतिक महामेलाको टिकट बिक्रीबाट सात करोड ४१ लाख २५ हजार वन संकलन भएको थियो । जसमध्ये सात करोड ७२ लाख ९१ हजार ७३० खर्च भएको थियो ।
नेपाल हाउसद्धारा जारी प्रेस वित्तप्ति
बिभिन्न संघ संस्थाका अध्यक्षज्युहरु लगायत प्रतिनिधि ज्युहरु, पत्रकार,बुद्दीजिवी,ब्यापारी,बिधार्थी महानुभावहरु,साथै कोरियामा रहेका सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु ! एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरज्युको संयोजकत्वमा गत २०१४ मे महिनामा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरुका अध्यक्षहरु पदेन सदस्य रहने गरि गठन गरिएको नेपाल हाउस ब्यबस्थापन समिति र सोही समितिबाट गठित नेपाल हाउस सचिबालयले नेपाल हाउसलाई ब्यबस्थित र दिर्घकालिन बनाउन दश करोड संकलन अभियानलाई अगाडी ल्याउने निर्णय गर्यो ।
अभियानलाई सफल बनाउन नेपाल हाउस सांगितीक महामेलाको आयोजना गर्नुको साथै कोरियामा रहेका सम्पूर्ण संघ संस्था,ब्यापारी,बुद्दीजिवी,बिधार्थी तथा कोरियामा रहेका मनकारी प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गर्ने गरि अभियानलाई उल्लयखित दुई माध्यमलाई प्रभावकारी रुपमा अगाडी बढाईयो ।
अभियान अन्तर्गतको सहयोग संकलन माध्यमले पूर्ण रुपमा सफलता प्राप्त गर्दै ऐतिहांशिकता प्रदान गर्यो । तर अभियानको अर्को माध्यम नेपाल हाउस सांगितिक महामेलाबाट (बुसान १८ र सउल १९) भने लक्ष अनुसारको सफलता हांशिल हुन सकेन । आयोजित नेपाल हाउस सांगितीक महामेला २०१५ अभियानको लागि सहयोगी नरहेता पनि समग्रमा दिर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियान पूर्ण रुपमा सफल भएको छ । हाल नेपाल हाउस सांगितीक महामेला सहित दश करोड संकलन अभियान समापन भएको समेत ४ महिना पूरा भई सकेको छ ।
समापन पश्चातका बिगत ४ महिना सम्म टिकटका अर्धकट्टी संकलन र घोषणा रकम संकलन कार्यलाई तिब्रताका साथ अगाडी बढाईयो । अभियान अन्तर्गतको सहयोग संकलन तर्फ कूल घोषणा रकम १३,४१,५१,९३२ (१३ करोड ४१ लाख ५१ हजार ९३२ वन रहेता पनि १,२०,०९,१११ वन अझै संकलन हुन सकेको छैन । ब्यापारी, संघ संस्था र ब्यक्तिगत गरि जम्मा- १६ वटा नामावलि शिर्षकबाट १ करोड २० लाख ९ हजार १११ वन संकलन हुन बांकी छ । अभियानका सम्पूर्ण आय ब्यय बिबरण पुर्व सुचित जुन १४ तारिख बसेको सचिवालय बैठक बाटै पारित गरि सार्वजनिक गर्ने तयारी गरिएको भएता पनि संकलन हुन बांकी रकमको कारण आय ब्यय सार्बजनिक गर्न पुन: २ हप्ता ढिला भएको छ ।
नेपाल हाउस सांगीतीक महामेलाको टिकट बिक्री बुसान र सउल गरि २९६५ टिकट बिक्री बितरण भएको छ । जसबाट ७ करोड ४१ लाख २५ हजार वन संकलन गरिएको छ । नेपाल हाउसको यस महान अभियानको सम्पूर्ण आमदानी तथा खर्चहरुलाई पारदर्शीता प्रदान गर्न भरमगदूर प्रयासहरु गरिएको छ । बुसान र सउल गरि दुई ठांउको आयोजनामा जम्मा खर्च ७ करोड ७२ लाख ९१ हजार ७३० देखिन आएको छ । कलाकारहरुको दोहोरो पारिश्रमिक, सउलको अति महंगो हलभांडा, दर्शकहरुको अत्यधिक चाप करिव (अनुमानित ६००० जना) हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गरिएका पुर्व तयारीहरुको कारण खर्च लागत केहि अनुपातमा बढि देखिन आएको छ । अभियानको डौरान र महामेला आयोजनामा भएका खर्च बिबरणका हरेक बिलहरु सचिवालयमा सुरक्षित रहेका छन । गत जुलाई १४ तारिख सम्पन्न सचिबालयको पूर्ण बैठकबाट पारित खर्च बिबरणका संकलित बिलहरु नेपाल हाउसको चियापान कार्यक्रम मार्फत सहयोगी संघ संस्था तथा महानुभावहरुलाई बितरण गरिने प्रतिबद्दता जनाउदछौ ।
कोरियाली भूमिमै ऐतिहांशिक रहेको यस महान अभियानमा भएका आय तथा ब्यय बिबरण यस प्रकार रहेको छ । -सहयोग संकलन ब्यापार,ब्यबसायीहरुको तर्फबाट: 4,96,50.332 w -संघ संस्थाहरुको तर्फबाट: 4,51,69,460 w -ब्यक्तिगत तर्फबाट: 3,93,17,140 w बुसान र सउलको टिकट 2965 × 25,000 = 7,41,25,000 w यानका दुई पाटो गरि जम्मा आम्दानी (संकलन हुन बांकी रकम सहित) – 21,00,76,932 w अभियानमा जम्मा खर्च- 7,72,91,730 w जम्मा बचत- 13 ,27,85,000 w संकलन हुन बांकी -1,20,09,111 w हाल सचिवालयमा हाल रहेको बचत रकम- 12,07,76,091
घोषणा भएर पनि रकम भुक्तान नगर्नु भएका महानुभावहरु संग पुन: अनुरोध र ताकेता गर्ने गरि सचिवालयको पूर्ण बैठक पछि भुक्तान नभएको अन्तिम नामावलि छिट्टै अनलाई मिडियाहरु मार्फत सार्वजजनिक गरिने जानाकारी गराईन्छ ।
No comments:
Post a Comment