बलराम पुन , कोरिया
०७ जुलाई २०१५
सर्बप्रथम नेपाली सम्पर्क समिति (एनसिसि) को १४ अधिबेशन लाई सफल बनाईदिनु हुने कोरिया बासी सम्पूर्ण नेपाली हरुलाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु र एनसिसि चुनाबमा मेरो बहिस्कार को बाबजुद पनि मेरो शुभचिन्तक हरुले बहिस्कार गर्नु पूर्व मलाई माया गरि भोट दिनु हुने र नदिनुहुने सम्पूर्ण लाइ हिर्दय देखि धन्यबाद दिन चाहन्छु|मैले १४ कार्यकाल को बरिस्ठ उपाध्यक्ष भएको कारणले मेरै सहमतिमा सहमति गरुन भनि रात दिन खटिए र एनसिसिको अधिबेशन पनि गर्नु थियो र मेरै जिम्मा मा| कोरिया को इतिहासमै यो पहिलो एनसिसि अधिबेशन होला तर अन्तिम पनि हुने कुरा पक्का पक्कि छ|
रह्यो १५ कार्यसमिति को दुर्दशा यसले सुरुमै ढुंगा खाइसकेको छ| कोरिया मा जुन बेला म एक्लो व्यक्ति थिए एनसिसिलाइ नया बनायर लैजानु पर्छ भन्दा जुन मान्छेहरुले मलाई खिल्ली उडाएका थिए आज उनै मान्छे हरुको एनसिसिप्रति को माया हो कि कुनै स्वार्थ हो त्यो त भबिस्यले जनाउला| एनसिसिलाइ मैले कति योगदान दियको छु भन्ने कुरा सबैलाई थाहा छ तर सच्चा र इमान्दार को कुनै काम नहुदो रहेछ|
म एनसिसि बचाउने तिर लागे अरु नेत्रित्यो हत्याउने तिर लागे|योगदान र दाबेदार को हिसाबले सबै संग सस्थाले तपाई नै हुनुपर्छ भन्दा भन्दै चुनाबी मैदान मा लगियो यो एउटा पबित्र सस्था लाइ| त्यो भद्रगोल को अवस्था देख्दा मलाइ सारै दुख लाग्यो तर म एक्लो व्यक्ति ले नै के पो गर्न सक्थे र? हेर्दा हेर्दै मेरै अगाडी वाट एनसिसि लाइ गलत बाटो तिर लगियो| एनसिसि अध्क्षय का दुइ प्रत्यासी ले बहिस्कार गर्दा गर्दै किन एकोहोरो मत गणना र चुनाब गरियो| यो जो कोहिले पनि सजिलै अनुमान गर्न सकिन्छ| जुन ठाउमा कोको थिया के के गर्दै थिय, के गरे, के गरेनन त्यो सब भोट हाल्ने मान्छेलाई थाहा छ| यसरि एनसिसिलाई दिनडाहदै खाईदिए |
यति ठुलो माहोल गर्न १४ औ कार्यसमिति र मेरो ठुलै योगदान त छ नै एनसिसि प्रतिको चासो बढ्दै थियो| मेरो दिन प्रतिदिन ५०\६० सस्थाका अध्क्षय हरु साग कुरा सरसल्लाह हुन्थ्यो , अब कसरि जाने भनेर अनि अधीबेशन कसरि व्यापक गर्ने भनेर| भने को भन्दा राम्रै सग १४ कार्यकाल त सिद्दियो तर एनसिसि को अबस्था हेर्दा एनसिसिले सहि मान्छे खोजेको थियो|जुन निर्बाचन मण्डल छ त्येसले कुनै निर्बाचन अचारसमिता को काम गरेको छैन|
जहाकी यति बजे भित्र एनसिसि को फारम बन्द गर्ने कुरा ,निर्बाचन गर्दा प्रत्यासी को यक यक जना प्रतिनिधि राख्ने कुरा देखि लियर थुप्रै गल्ति छन्| हामीले निर्बाचन बैस्कार को निबेदन दिदा दिदै किन निर्बाचन गरियो अनि किन यकोहोरो मत परिणाम घोसना गरियो|लाजमर्दो मान्छेले पनि के भल्लान आफै चुनाब,आफै निर्बाचन मण्डल ,आफै उम्मेदवार ,आफै घोसना| मैले राजनीतिक घुस्नु हुन्न भन्दा खुलम खुल्ला राजनिक गरियो बडा दुख लाग्छ|
अर्को तर्फ एनसिसि को बिधान मा प्रस्ट छ जहाँ एनसिसिअध्क्षय हुनको लागि एनसिसि को एक कार्यकाल खायको हुनुपर्ने यो किन निर्बाचन मण्डलले हेरेन| एनसिसि बिकाउ बस्तु रहेछ जसले जे गरे नि हुने] अनि उमेद्वार दर्ता सुल्क किन त्यति बडाइयो| जहाकी ३ महिना अघि कार्यसमितिले अध्क्ष्य लाइ २ लाख, महासचिब र उपाध्यक्ष १लाख ५० हजार,सचिब र कोसध्क्ष्य लाइ १ लाख र समितिलाई ५० हजार को निर्णय सहित समाचार मा दियका थियो|
कहाँ वाट आयो एकासी यस्तो कुरा| अनि जहाँ धरौटी को कुरा कुनै पनि उम्मेदवारीले धरौटी फिर्ता पाउनु पर्छ र बैस्कार गरेको त कुरै नगरौ| जहाँ म यो प्रक्रिया मा म कहिलै सहमति भएन त निर्बाचन मण्डललाई निबेदन दिए |
त्यति बेला ४/५ जना ले मलाई फारम को पैसा माग्दै थिय| जहाँ कि म त्यहाबाट निस्कदै थिय त्येतिबेला पनि पैसाको कुरा गर्दै थिय| म उनीहरुलाई कुनै पनि जबाफ दिदैन तर मैले एनसिसिलाइ दिएको योग्दैन उहाहरुलाई राम्रै सग थाहा छ| यो आइतबार सफथ खुवाऊदई छरे|यो कोहि बिरोध ,कोहि सपथ |के हो यो?
एनसिसि लाइ हुने खाने ले खाई खाइसकेको ले सायद यो इतिहास मा मात्र नरहला भन्न सकिन्न हाम्रो बिरोद को बाबजुत गरेको चुनाब र परिनाब कुनै हालत मा मान्य हुने वाला त छैन | यदि आफ्नै गरुको बाह्रै टक्क भन्ने हो भने अर्को एनसिसिको जन्म नहोला भन्न सकिन्न|
- बलराम पुन (एनसिसि निबर्तमान बरिस्ठ उपाध्यक्ष)
दक्षिण कोरिया
No comments:
Post a Comment