Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, July 11, 2015

नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता बिषयक अन्तरक्रिया कार्यक्रम हुदै

नमस्ते नेपाल कोरिया 
११ जुलाई,२०१५ 
भूकम्पपछि पुर्ननिर्माणमा अगाडि बढिरहेको नेपालको विकासका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुले कसरी सघाउने भन्दै चासो देखाइरहेका छन्। कोरियामा विभिन्न पेशामा आवद्ध नेपालीहरुले हासिल गरेको सिप र आर्जन गरेको पुँजीलाई स्वदेशको विकासमा परिचालन गर्न कोरियामा अन्तक्रिया कार्यक्रमको आयोजना गरेका छन्। नेपालमा पुर्ननिमार्णमा सघाउन कोरियामा नेपाली विद्यार्थीहरुको साझा संस्था सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया (सोनसिक) ले कार्यक्रमको आयोजन गर्न लागेको हो। 
कार्यक्रममा प्रोफेसर डा ठाकुर सुवेदी (ख्वांजु युनिभर्सिटी), प्रोफेसर डा मधुसुदन आत्रेय (खिमयोंग युनिभर्सिटी), डा देवी बहादुर बस्नेत (सिनियर रिर्सचर मेडीटक्स ईन्क), डा ह्रिदयेस प्रताप मल्ल (न्युरो सर्जन ख्यंगी युनिभर्सिटी मेडिकल सेन्टर), प्रोफेसर डा शिसिर मानन्धर (सउल नेशनल युनिभर्सिटी) लगायतले नेपालमा कसरी सघाउन सकिन्छ भने बारेमा कार्यपत्र प्रस्तुत गर्ने सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया अध्यक्ष विमल सुबेदीले जानकारी दिए। 
उनीहरुले नेपालको विकासमा कोरियाबाट गर्न सकिने विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यक्रममा  सउलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौला समन्वय तथा सहजकर्ता छन्। 
सोनसिकका अध्यक्ष विमल सुवेदीले कार्यक्रमले कोरियामा रहेको नेपाली समुदायबाट नेपाल विकासमा थप टेवा पुग्ने सहयोगि हुने बताए। कोरियाबाट केहि योजना लिएर फर्किन लागेका नेपालीहरुलाई कार्यक्रम थप लाभदायक हुने सुवेदीले बताए । 

जुलाई १२ तारिखको दिन सउलस्थित नेशनल एसेम्बली हलमा बिहान १० बजेदेखि कार्यक्रम शुरु हुनेछ। अब कोरा गफ हैन देश विकासको महान अभियानमा सहभागी बनौ, आलोचक मात्र हैन नयाँ नेपाल निर्माणको साझेदार बनौ भन्ने नारा सहित नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता नामक अन्तरक्रिया कार्यक्रमको सह आयोजक नेपाली दूताबास रहेको छ। 


एन आई ई डि, एनआरएन कोरिया, सर्पोट नेपाल फाउन्डेसन, कोरिया एसिया फ्रन्डसिप फाउन्डेसन, सेतोपाटी डटकम लगाएतका संस्थाहरु कार्यक्रम सहयोगी भुमिकामा रहेका छन् ।
-सेतोपाटी


                                            कार्यक्रम जाने तरिका :-



No comments:

Post a Comment