नमस्ते नेपाल कोरिया
११ जुलाई २०१५
सउल ।
दक्षिण कोरियामा अटिजम बालबालबालिकाबारे छलफल तथा अन्तरक्रिया गरिने भएको छ । अटिजम बालबालिका सहयोग अभियान दक्षिण कोरियाले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सउल नजिक तुङ्देमुनस्थित नेपाल हाउसमा गर्न लागिएको उक्त अन्तरक्रिया कार्यक्रममा अटिजमबारे जानकारी गराईने, अभियानको उद्देश्य प्रस्ट पारिने तथा अटिजम सम्बन्धी चेतनामूलक डकुमेन्ट्री देखाईने कार्यक्रमका कोरिया संयोजक बिक्रम ठकुरीले जनाएका छन् ।
नेपालमा अटिजम बालबालिकाहरु समन्धि काम गर्दै आएको संस्था एसएसडीआरसीकी संचालिका सबिता उप्रेतीले कोरियाबासी नेपालीहरूलाई सम्बोधन गरेकोको भिडियो क्लिप उक्त कार्यक्रममा देखाईने ठकुरीले बताए ।
यसैगरी उक्तदिन कोरियामा आˆनो कार्यकाल पुरागरी नेपाल र्फकन लाग्नुभएका कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम वर्तौलालाई बिदाई गरिने आयोजकले जनाएका छन् ।
अटिजम बालबालिका सहयोग अभियान,दक्षिण कोरियाको सुचना
अटिजम बालबालिका सहयोग अभियान,दक्षिण कोरियाले यही जुलाई १९ तारिख आइतबारको दिन "अटिजम सम्बन्धि अन्तरक्रिया एबंम उपनियोग प्रमुख श्री राजाराम बर्तौलाज्युलाई बिदाई कार्यक्रम" आयोजना गरिने भएको हुँदा सम्पुर्ण संघ-सस्थांका अध्यक्ष, प्रतिनिधिज्युहरु ब्यापारी,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरुमा हार्दिक आमन्त्रण सहित सहभागीको लागि अनुरोधगर्दछौं। १)अटिजम बारे जानकारी गराईने।
२)अभियानको उद्देश्य बारे प्रष्ट पारिने।
३)अटिजम सम्बन्धि चेतनामूलक डकुमेन्ट्री देखाईने।
४)कोरियाबासी नेपालीलाई सबिता उप्रेतीले गर्नुभएको सम्बोधनको भिडियो क्लिप देखाईने।
५)उपनियोग प्रमुख लाई विभिन्न संघ-सस्थां बाट बिदाई गरिने।
>>तपसिल<<
-------------
>>मिति:२०१५,जुलाई १९ तारिख।
>>समय :बिहान ठिक १२:०० बजे।
>>स्थान :नेपाल हाउस,उन्नामदोङ् सागरी-तुङ्देमुन।
No comments:
Post a Comment