नमस्ते नेपाल कोरिया सम्बादाता
सौल, १८ जुलाई २०१५
नेपाली जनसम्पर्क समितिले कोरियाका नेपाली हरुको संविधान मस्यौदाको राय सुझाव संकलन गर्ने साथै
समितिको अधिबेशन छ महिनाभित्र गरिने
सन् २००६ मा विधिवतरुपले दक्षिण कोरियामा स्थापना भएको नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समितिले विभिन्न आरोह अवरोह पार गर्दै कोरियामा रहेका सम्पूर्ण राजनीतिक, सामाजिक, धार्मिक , क्षेत्रीय, जातीय संघसंस्थाहरुसंग हातेमालो गर्दै आएको छ । कोरियामा बलियो राजनीतिक भातृ संगठनको रुपमा चिनिने जनसम्पर्क समितिले नेपालीहरुको दु:ख, सुखमा साथ दिने गरिरहेको छ ।
१२ जुलाईका दिन नेपाली जनसम्पर्क समितिका सभापति नवराज सिवाकोटीको सभापतित्वमा सौलमा बसेको केन्द्रीय समितिका पदाधिकारीहरु,क्षेत्रीय सभापति र सल्लाहकारहरु सहितको केन्द्रीय कार्य समितिको बैठकले मातृभूमि नेपालको बहुप्रतीक्षित संविधानको मस्यौदा तयार गरी नेपाल सरकारले हाल देश विदेशमा रहेका नेपालीहरुसंग प्रस्तावित मस्यौदाका बारे राय,सुझाव र प्रतिक्रिया माग गरेको सबैलाई जानकारी नै छ | यसै सन्दर्भमा नेपाली जन सम्पर्क समिति,कोरियाले हामी विदेशमा रहेका नेपालीहरूको नागरिक हक,अधिकारको संवैधानिक प्रत्याभूतिका लागि नयाँ बन्ने संविधानमा समावेश गर्नुपर्ने बुँदाहरु सङ्कलन गरी संविधान सभामा राय सुझावको रूपमा प्रेषित गर्ने निर्णय गरेको छ । नेपाली जनसम्पर्क समिति,कोरियाले महामन्त्री प्रकाश वलीको संयोजकत्वमा ईन्दु कार्की, रोशन पौडेल , रन्जित यादव , जितु बिक , भिमराज चेम्जोङ हरु सदस्य रहेको एक समिति समेत गठन गरी समितिका सदस्य र शुभेच्छुकहरुसहित कोरियाका सबै सङ्घ,संस्था र समुदायबाट तत्काल राय,सुझाव सङ्कलन गर्न जिम्मेवारी दिएको छ । तसर्थ सबैलाई नयाँ बन्ने नेपालको संविधानमा हाम्रा साझा विषयहरुलाई कसरी समेट्न सकिन्छ भन्ने बारे आवश्यक सुझाव दिन नेपाली जन सम्पर्क समिति,कोरियाको तर्फबाट हार्दिक अनुरोध गर्दछौ ।
संविधानको मस्यौदा http://www.can.gov.np बाट प्राप्त गर्न सकिनेछ | यसैगरी सिधै सुझाव प्रेषित गर्न चाहेमा http://www.parliament.gov.np/draft वा http://www.parliament.gov.np/ मार्फत आवश्यक जानकारी लिन सकिनेछ | यस्तो सुझाव comt.crsc@gmail .com वा nparl.international@can gov.np मार्फत सिधै पठाउन समेत सकिनेछ | यसैगरी यस समितिको इमेल ठेगाना nepalijss@gmail.com मार्फत पनि तपाईँहरूले आ आफ्नो सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुनेछ | यस्तो राय,सुझाव प्रेषित गर्ने समय सीमा यही जुलाई २१,२०१५ सम्म तोकिएको छ |
तसर्थ संविधानमा आफ्नो हक,अधिकारको संविधानिक प्रत्याभूतिका लागि पहल गर्ने र सुझाव दिने यो ऐतिहासिक अवसरको सदुपयोग गर्दै आ आफ्ना अमूल्य सुझाव र राय तोकिएको मितिभित्र नै प्रेषित गर्नुहुन कोरियावासी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाली जन सम्पर्क समिति, कोरिया हार्दिक आव्हान गर्दछ । त्यसै गरि समितिको कार्य अवधी जुलाई २८ मा सकिन लागेको र यो बिचमा नेपालमा गएको महा भूकम्प,कोरियामा मर्सको कारण नियमित बैठक अबरुद्ध भएकाले विशेष परिस्थितिमा कार्य समितिले १ वर्षकाल थप्न सकिने रहेको सोही विधान बमोजिम बैठक बसेको मितिको छ महिना भित्र अधिबेशन गर्ने निर्णय गरेको जानकारी जनसम्पर्क प्रवक्ता तेजेन्द्र सुबेदीले दिएका छन् ।
जनसम्पर्क समितिले स्वदेशका भूकम्प पीडितहरुलागि अक्षरुपी चौवालिस लाख वन (४४,००,००० वन) संकलन गरेर नेपाल पठाएको र सबै बितरणको विवरण पार्टी कार्यालय, नेताहरुबाट आएपछि सार्वजनिक गर्ने जनाएको छ ।कोरियामा नेपाली कांग्रेसको कृयाशिल सदस्य संख्या ५०५ पुगेर पार्टीले एक निर्वाचन क्षेत्र बराबरको अधिकार दिएको छ,जसमा आसन्न्न पार्टीको तेह्रो महाधिवेशनमा ७ जना प्रतिनिधिले भाग लिन पाउने भएकोमा सम्पूर्ण जनसम्पर्कका सदस्यहरुलाई बधाई दिदै वितरण सहज र निर बिबादितरुपले वितरण गर्ने केन्द्रीय कार्य समिति लगायत सदस्यता वितरण कार्यक्रमका दौरान सहयोग गर्नु हुने सम्पूर्ण कांग्रेसजनप्रति आभार एवं धन्यवाद प्रकट गरेको छ । सोही बैठकले कोरियाको बुसान एरियामा मोटर साईकल दुर्घटनामा परी दिवंगत हुनु भएका नेपाली कांग्रेस कृयाशिल सदस्य राम सिंजालीको आत्माको चीरशान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
No comments:
Post a Comment