नमस्ते नेपाल कोरिया
१८ जुलाई ,२०१५
१८ जुलाई ,२०१५
ईपिएस मार्फत कोरिया आएका कास्की लेखनाथ १२ का ३५ वर्षिय स्व. भविश्वर गुरुङ्गको यही आईताबार श्रद्धान्जली कार्यक्रम गरिने भएको छ ।
गत ११ तारिक सनिबार राती सुतेको केही बेर पश्चात स्वास प्रश्वासमा समस्या देखे पछि संगै काम गर्ने साथिहरुले अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याएको ३० मिनेट पछि मुटुको भल्बमा बोसो जमी रगत पास नभएको कारण उनको मृत्यु भएको थियो । स्व. भबेश्वर गुरुङ्गको एक छोरा, एक छोरी र श्रीमती रहेको छ ।
स्व. भवेश्वर गुरुङ्गको सब यही सोम्बार नेपाल पठाउनको लागि सम्पूर्ण कार्य पूरा भएको छ । मृत सरिर नेपाल पठाउन अत्याधिक रकमको आवश्यकता पर्ने भएकोले कास्की परिवार र तमू धीं कोरियाको सकृयतामा आर्थिक संकलन भई रहेको छ । सहयोग गर्न नभ्याएका दाजुभाई दिदी बहिनीहरुलाई पनि सक्दो सहयोग गरिदिनुहुन कास्की परिवार र तमू धीं द. कोरियाले हर्दिक अनुरोध गरेको छ ।
यही आईताबार विभिन्न कार्यक्रमहरु र व्यस्त समयको कारण दोङ्गदेमुन स्थित पुजा रेष्टुरेण्टको सभा कक्ष हलमा स्व. भबेरश्वर गुरुङ्गको श्रद्धान्जली कार्यक्रम तमू धीं र कास्की परिवार दक्षिण कोरियाको संयुक्त आयोजनामा सम्पन्न हुन गैरहेको छ । सम्पूर्ण संघसंस्था र बुद्धिजिवी, व्यापारी, विद्यार्थी र सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा दिवाङ्गगत आत्माको चिर शान्तिको लागि समावेदना गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रम
स्थानः पुजा रेष्टुरन्टको सभा कक्ष (दोङ्गदेमुन)मितिः २०१५ जुलाई १९
समयः बिहान १० बजे ।
No comments:
Post a Comment