नमस्ते नेपाल कोरिया संवाददाता
रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने 'सानो मिल्ती खोला हाइड्रो पावर आयोजना' को लगानी कोरियामा कार्यरत नेपालीले जुटाउने भएका छन् | सो आयोजनामा यहाँ कार्यरत नेपाली ब्यबसायी , कामदारहरुले लगानी गर्ने उत्साह देखाएका हुन् | आयोजना ग्लोबल नेपाली इन्भेस्टमेन्ट (जीएनआई) ले छनौट गरेको हो |
३ मेगावाट उत्पादन क्षमता भएको सो आयोजनाको लागत अनुमान ४५ करोड रुपैयाँ रहेको छ |यस मध्ये बैंकको लगानी ७० प्रतिशत र १५ करोड रुपैयाँको शेयर सर्बसाधारणका लागि बिक्रि गरिने जनाइएको छ | शेयरदाताको संख्या बढी भए बैंक लगानी घटाइने जीएनआई निर्देशक तेन्जी शेर्पाले बताए |
आउँदो कार्तिक महिनादेखि बिद्युत गृहको काम शुरु हुने र कार्यसमाप्त अवधि २ बर्ष लाग्ने सो आयोजना बिद्युत उत्पादन शुरु हुने बितिकै केन्द्रीय प्रसारणमा जोडिने छ |
सामुहिक लगानीको अवधारणामा आयोजनाको स्थापना गरिएकाले कोरियामा कार्यरत नेपाली कामदारको क्षमता अनुसार १ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गर्नसक्ने व्यवस्था मिलाइएको छ |
आयोजनाको शेयर २ किस्ताको दरले जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ |लगानीकर्ताले शेयरको ५० प्रतिशत पहिलो किस्तामा र दोश्रो किस्तामा बाँकि सबै बुझाउनु पर्नेछ |लगानीकर्ताले पहिलो किस्ता मार्च अन्तिमसम्ममा र दोश्रो किस्ता मे १५ मा बुझाई सक्नुपर्नेछ |लगानीकर्ताहरुलाई मे महिनाको अन्त्यमा शेयर प्रमाण पत्र प्रदान गरिने योजना तय गरिएको छ भने बिद्युत उत्पादन शुरु भएको ५ बर्ष सम्म लगानीको २० प्रतिशत र छैटौं बर्षदेखि २५ बर्षसम्म ६० प्रतिशत मुनाफा पाउने इन्भेस्टमेन्टले सोमबार जनाएको छ |
आयोजनाका लागि पानीको मुहान युरोपका अनुभवी हाइड्रोलोजिस्टहरुले अध्ययन गरेका हुन् | उनीहरुको अध्ययन अनुसार ३ मेगावाटको लागि कुनै समस्या नहुने जनाइएको छ |
आयोजनालाई प्रभावकारी रुपमा ब्यबस्थापन गर्न मार्च महिना 'सानो मिल्ती खोला इन्भेस्टमेन्ट कम्पनि लिमिटेड'को गठन गरिने जीएनआई निर्देशक शेर्पाले खुलाए |शेर्पाका अनुसार सोल,थेजन,थेगु,उल्सान,पुसान,किम्हे,खाजेदो किम्पो,वैजम्बो,ख्वान्ग्जु,आन्सान,छनान आदि क्षेत्रमा कार्यरत नेपालीहरुको उत्साहजनक सहभागिता रहेको छ |
सम्पर्क नम्बर:-
तेन्जी जी -01044469452
सुरेश जी -01073549629
देवेन्द्र जी - 01081096667

No comments:
Post a Comment