Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 16, 2015

तामाङ संघ द.कोरियाको ल्होछार सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा ।

नमस्ते नेपाल कोरिया संवाददाता 
     नेपाल तामाङ संघ द.कोरियाले आयोजना गर्न लागेको ल्यूक लो ल्होछार सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तैयारी पुरा भएको छ ।गत आईतबार सीओल को दोङदेमुन बसेको ल्होछार मूल आयोजक समितिको बैठकले सम्पूर्ण तैयारी पुरा भयको जानकारी दिएको हो ।

   " तामाङ जातिको भाषा, कला, संस्कृतीको संरक्षणमा हाम्रो एकता,  पहिचान सहितको संघियता आजको आबश्यकता" भन्ने मूल नाराको साथमा यही आउँदो १८ तारिक बुधबारको दिन अर्थात सलनालको पहिलो दिन याक्सु स्टेशन नजिकै रहेको छंगु छांगसोन्यन सूर्य ग्वान हलमा मनाउन गइरहेको छ ।
  ल्होछार सांस्कृतिक कार्यक्रम सफल बनाउनको  लागी नेपाल बाट गायकद्वय बिशाल काल्तान र ,संजीब वाईबा र गायिकाद्वयमा इन्दिरा योञ्जन , र रमला पाख्रीन कोरिया आउने भएका छन । यसपटक  मेहेन्दो माया गीत र  नृत्यले कार्यक्रम थप आकर्षक हुनुको साथै  स्थानीय कलाकार हरुको पनी प्रस्तुती रहने छ भने ल्होछार बिशेष : परीकारको स्वाद पनी लिन पाइने आयोजकले जनाएको छ ।
 सोहि अबसरमा  सदस्यता फर्म बितरण गर्नुको साथै आई.बी.के. बैंकको बचत खाता पनी खोल्न सकिने बताईएको छ ।
          उक्त ल्होछार सांस्कृतिक कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागी कोरियाबासी नेपाली समुदाय , बिभिन्न संघ संस्थाका प्रतिनिधि हरु ,ब्यापारी, बिद्यार्थी, पत्रकार लगायत तामाङ समुदाय लाई संघले हार्दिक अनुरोध गरेको छ ।

मिति ~ २०१५ फेब्रुअरी १८ बुधबार
स्थान~ 서울 중구 청소년 수려관 100-450 서울 툭별시 중구동 호로 5길 19 (신당동)
समय~ दिउँसो को १२ बजे

No comments:

Post a Comment