कृष्ण पुरी ,छनान ,दक्षिण कोरिया १८ ,जनवरी २०१५ l
-कम्पनी पूर्ण रुपमा क्षतिग्रस्त
अग्नि नियन्त्रक , सुरक्षा टोलि तथा हेलिकप्टरको सहायता द्वारा आगो नियन्त्रणमा निरंतर प्रयास गरिएको भएपनि अझै नियन्त्रण गर्ने क्रम जारि रहेको कोरियन संचार माध्यमहरुले जनाइरहेका छन् l घटना भईरहेको दृश्य उधृत गर्दै त्यहाँ नजिकै रहेको एक कम्पनीमा कार्यरत नेपाली बाबुराम शर्मा ले दिनुभएको जानकारी अनुसार उक्त घटना भएको कम्पनीमा नेपालीहरु नरहेको बताएका छन् l अग्नि सुरक्षा अधिकारीहरुका अनुसार ग्यास सिलिन्डर खराबीका कारण उक्त घटना भएको जनाएका छन् भने अझै के कति नस्ट भयो भन्ने बिस्तृत विवरण आउन बाकि रहेको बताएका छन् l वरपर क्षेत्रमा आगो फैलन नदिन निरन्तर नियन्त्रण प्रयास जारी रहेको छ l सन् १९८९ मा स्थापित, सौर उद्योग (Sun Industry) राष्ट्रको पहिलो पोर्टेबल ब्यूटेन ग्याँस कम्पनि भएको र घरेलू बजार को ७०% खपत हुने गरेको थियो l जहा वार्षिक बिक्री २०० अर्ब वोन कारोबार बराबरको उत्पादन हुने गरेको थियो ।
-कम्पनी पूर्ण रुपमा क्षतिग्रस्त
दक्षिण कोरियाको ग्यंगिदो उत्तर पश्चिम क्षेत्र छनान स्थित ब्यूटेन ग्याँस कारखानामा आगालागी भएर ठुलो मात्रामा क्षति भएको छ l आइतबार अन्दाजी बिहान ६ बजेदेखि आगालागि सुरु भएर दिनभर कम्पनीका बहुमुल्य सामान सहित कम्पनी ध्वस्त भएको छ l
फोटो - योन्हाप न्युज |
No comments:
Post a Comment