राजु श्री , दक्षिण कोरिया l
आउदो नोभेम्बर ९ तारिक अर्थात् आगामी आइतबारका दिन ख्वाङजुमा कोरियामा कार्यरत बिदेसी कामदारहरु बिच कोरियन भाषामा आफ्नो बक्तब्य प्रस्तुति को प्रतियोगिता हुने भएको छ |
इन्टरनेश्नल माइग्रेन्ट सेन्टर ख्वाङजुको आयोजनामा हुन लागेको उक्त कार्यक्रम मा नेपाल लगायत कम्बोडिया ,फिलिपिन्स, मंगोल, भियतनामका प्रतिस्पर्धीहरु बीच प्रतिपर्धा हुने भएको छ | यो प्रतिस्पर्धामा सहभागी उम्मेदवार हरुले ३ मिनेट भित्र कुनै रमाइलो कथा ,जोक्स, अथवा आफ्नो काम को बारेमा कोरियन भाषामा भन्नुपर्ने छ | उत्कृष्ट उम्मेदवार हरुलाई आकर्षक पुरस्कार समेत राखेको इन्टरनेश्नल माइग्रेन्ट सेन्टरले जनाएको छ | साथै उक्त दिन चर्चित स्थानीय कलाकार गणेश लिम्बु र बिष्णु पौडेल को जोडदार सांगीतिक प्रस्तुति पनि रहेकोले ख्वंग्जु लगायत आसपास का क्षेत्र हरुमा रहनु भयका नेपाली दाजु भाई दिदि बैनी हरुलाई उपस्थित हुनको लागि एन. आर. एन. ख्वंग्जु संयोजक श्री खनाल ले आह्वान गर्नु भएको छ |
मिति -नोभेम्बर ९ तारिक, आइतबार
स्थान-हानाम ४ नम्बर 외한은행 पछाडी
समय-दिउसो ठिक १ बजे
सम्पर्क-श्री खनाल, प्रलाहद नेपाल, सन्तोष पराजुली , सुशील गुरुङ घ्याम्चो लामा

No comments:
Post a Comment