Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 4, 2014

विश्वका उत्कृष्ट स्मार्टफोनमा ग्यालेक्सी नोट फोर तेश्रो तथा ग्यालेक्सी एस फाइभ सातौँमा

नमस्ते नेपाल कोरिया संवाददाता 
बिश्व बजारमा उपलब्ध कैयन् स्मार्टफोनको बिक्रि, गुणस्तर, उपभोक्ताको रोजाइ, मूल्य, फिचर्स लगायतलाई आधार मानेर बिजनेस इनसाइडरले हरेक महिना विश्वका उत्कृष्ट १५ स्मार्टफोनको सूचि तयार पार्छ । अक्टुवर महिनामा उत्कृष्ट १० मा अटाउन सफल स्मार्टफोनमा  .‘आइफोन-६’पहिलो नम्बरमा छ भने कोरियाको सामसुङ ग्यालेक्सी नोट फोर चौथौ तथा ग्यालेक्सी एस फाइभ सातौँ नम्बरमा छ l

.‘आइफोन-६’ - एप्पलको ‘आइफोन-६’ विश्वको सबैभन्दा उत्कृष्ट स्मार्टफोनमा दहि्रन सफल भएको छ ।

४.७ इन्चको स्क्रिन  सँगै विभिन्न नयाँ तथा अत्याधुनिक फिचर्स उपलब्ध भएको आइफोन सिक्सको उत्कृष्टता यसको लोकपि्रयताले पनि पुष्टि गर्छ । एप्पलले आइफोन सिक्सको पि्र अर्डर खुल्ला गरेको २४ घण्टामा ४० लाखले यो फोनको अनलाइन अर्डर गरेका थिए, जुन स्मार्टफोनको सबैभन्दा उच्च प्रिअर्डर हो ।

२. आइफोन सिक्स प्लस- आइफोन सिक्स सँगै रिलिज भएको आइफोन सिक्स प्लस पनि धेरैले रुचाएको फ्याब्लेट हो । फिचर्स मात्र होइन निकै पातलो साइज तथा मेटलको बडीका कारण समेत यो उपभोक्ताको रोजाइमा पर्ने पक्का छ ।

 ३. ग्यालेक्सी नोट फोर- सामसुङको ग्यालेक्सी नोट फोर विश्वका उत्कृष्ट स्मार्टफोनको तेश्रो नम्बरमा छ । ५.७ इन्चको स्त्रिmन रहेको ग्यालेक्सी नोट फोरको डिस्प्ले अहिलेसम्मका स्मार्टफोनका डिस्प्लेमा सबैभन्दा उत्कृष्ट छ ।

४. एचटिसी वन (एम एट)- एचटिसी कम्पनीको ध्वजाबाहक स्मार्टफोन एचटिसी वन (एम एट) सर्वोत्कृष्ट मध्येको एक एन्ड्रोइड स्मार्टफोन हो । उच्चस्तरीय मेटल बडीसँगै यसको अर्को विशेषता भनेको अतिरिक्त क्यामरा हो । जसले गहन सेन्सरको काम गर्छ र त्यसमार्फत तस्वीर खिचिसकेपछि तस्वीरलाई इडिट गर्न तथा फोकस परिवर्तन गर्न समेत सकिन्छ ।

मोटो एक्स- मोटोरोला कम्पनीको नयाँ स्मार्टफोन मोटो एक्समा एन्ड्रोइडको क्लिन भर्सन प्रयोग भएको छ र यसबाट निकै छिटो र सजिलो गरी सफ्टवेयर अपडेट गर्न सकिन्छ । यसको ५.२ इन्चको डिस्प्ले रहेको छ ।

६. वन प्लस वन- चिनियाँ कम्पनी वन प्लसको नयाँ स्मार्टफोन वनमा ५.५ इन्चको स्त्रिmन रहनुका साथै इन्टर्नल मेमोरी अन्य स्मार्टफोनमा भन्दा अधिक छ । साथै यसको मूल्य समेत निकै कम छ । यसको अनलक्ड मूल्य ३ सय डलर रहनुले पनि यो अन्य प्रतिस्पर्धी स्मार्टफोन भन्दा निकै सस्तो र उपभोक्ताको रोजाइमा पर्ने पक्का छ । यसको आपूर्ति निकै सिमित रहेको हुनाले जो कोहीले यो फोन किन्न पाउँदैनन् । फोन किन्नका लागि कम्पनीको आधिकारिक निम्तो वा मागको स्विकृती आवश्यक पर्ने उल्लेख गरिएको छ ।

७. सामसुङ ग्यालेक्सी एस फाइभ- सामसुङको सबैभन्दा ठूलो ध्वजाबाहक स्मार्टफोन ग्यालेक्सी एस फाइभको स्क्रिन, क्यामरा तथा अन्य फिचर्सहरु उत्कृष्ट छन् ।

८. सोनी एक्सपेरिया जेड थ्री- सोनीको पछिल्लो स्मार्टफोन एक्सपेरिया जेड थ्री यो वर्ष सार्वजनिक एन्ड्रोइड फोन मध्येको एक उत्कृष्ट फोन हो । ५.२ इन्चको स्त्रिmन रहेको जेड थ्री वाटर प्रुफ हुनुका साथै यसको क्यामरा समेत निकै उत्कृष्ट छ ।
९. गुगल नेक्सस फाइभ- यद्यपि गुगलले हालै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरिसकेको छ, तथापि गतवर्ष सार्वजनिक नेक्सस फाइभलाई अझैपनि उत्कृष्ट स्मार्टफोनकेा रुपमा राखिएको छ । यसमा नेक्ससको ओरिजिनल भर्सन प्रयोग हुनुका साथै यो अन्य स्मार्टफोनको तुलनामा निकै सस्तो मूल्यमा समेत पाइन्छ ।
१०. एल जी जी ३- एलजीको पछिल्लो स्मार्टफोन जी थ्रीको डिस्प्ले निकै उत्कृष्ट हुनुका साथै यसको स्त्रिmन फ्याबलेट साइजमा ५.५ इन्चको छ । पावर तथा भोल्यूम की लाई फोनको पछाडिपट्ट िराखेर एल जी ले जी थ्री मा नयाँ प्रयोग पनि गरेको छ ।

No comments:

Post a Comment