आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू , जापानी इन्सेफ्लाईटिसले ग्रसित भएका चितवन निवासी सेरभ गुरुंगको जीवन रक्षाका निम्ति चितवन सम्पर्क समितिले 'सेरभ बचाऊ अभियान 'संचालन गरेको थियो l अचेत अवस्थामा रहेका सेरभको कारुणिक व्यथाबाट हामी सबै भावविह्वल भयौ ,कलिला नानी परिवार जन्मभूमि र समाज देश छाडेर मीठो सपना बोकेर कोरिया छिरेका सेरभले प्रवास भूमिमा झेल्नु परेको व्यथामा यथासक्य मलहम लगाउने प्रयत्न गरियो l अत्यन्त महँगो निजी अस्पतालमा महँगो उपचार भयो , उनकी पत्नी पनि कोरिया आइन् l क्रमशः स्वास्थ्य सुधारको अवस्था भएकाले हाल सरकारी अस्पतालमा सारिएको छ जहाँ उपचार खर्च अत्यन्त न्यून लाग्ने गरेको छ l यस अभियानमा हामीले आफूलाई सेरभ सम्झियौ भावुक र कारुणिक हुदै यहाँका विभिन्न संघ सस्था नेपाली समुदायले सक्दो सहयोग गर्नुभयो सहयोगी सम्पूर्ण समुदाय र दाताहरूप्रति सेरभ बचाऊ समिति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गर्दछ l सहयोग रकम पर्याप्त संकलन भएको हुँदा हाललाई यो अभियान स्थगन गरिएको घोषणा गरिन्छ l
बिरामीको अवस्थाको पूर्णरूपमा निर्क्योल नभएसम्म ' सेरभ बचाऊ अभियान समिति 'उपचार,सहयोग र अन्य खर्चमा सहयोग निरन्तर राख्दै आफ्नो दायित्व निर्वाह गर्न चुक्ने छैन l आर्थिक सहयोगको आवस्यकता नदेखिएकाले हालसम्म संकलन भैसकेको रकम यथा शीघ्र सेरभ बचाऊ अभियान समितिलाई प्रदान गरी थप सहयोग संकलन नगर्न अनुरोध गर्दछ l हालसम्म अनुमानित ५ करोड वन जति संकलन भैसकेको र ३ करोड जति खर्च भएको बाकी रकमले उपचार खर्च पर्याप्त हुने ठानी यो सहयोग संकलन कार्य बन्द गर्ने निर्णय गरिएको हो l दाताहरूको नामावली व्यवस्थित गर्ने कार्य हुदैछ सो कार्य सम्पन्न भए पश्चात् हामी सार्वजनिक गर्ने छौ l हाल वास्तविक तथ्यांक संकनल कार्य बाकी भएकाले अनुमानित जानकारीमात्र गराइएको हो यो रकम थप घत हुन सक्नेछ l बिरामीको रेख देखमा रहेको समिति र अभियान समिति तथा बिरामी स्वयंको खातामा गरी रकम जम्मा भएको हुँदा केही कठिनाइ झेल्नुपरेको परेको छ l हामी छिटै दुवै समितिको संयुक्त बैठक बसी सम्पूर्ण हिसाब र दाताको नामावलीसहित पुन प्रकाशित गर्ने नै छौं l बिरामीको अवस्थाको टुंगो लागे पछि कुनै रकम बाँकी रहेमा सम्पूर्ण संघ सस्थाका प्रतिनिधिसहित बसी सो रकम के गर्ने भन्ने विषयमा छलफल गरी व्यवस्थापन गरिने छ l पत्रकार सम्मेलन गरी सोको जानकारीसमेत यहाँहरूलाई गराइने छ l
दया र करुणाले पग्लिएको सहयोगी मनहरूको आशु स्वरूप संकलित भएको यो रकमले सेरभको उपचारमा कुनै कसर बाकी राखिने छैन l सहयोगी मनहरूलाई पुन हार्दिक धन्यवाद ज्ञापन गर्दै संकलित रकम बुझाई दिन तथा थप रकम संकलन बन्द गर्न सेरभ बचाऊ समिति हार्दिक अनुरोध गर्दछ l
संयोजक
कमलप्रसाद अर्याल
चितवन सम्पर्क समिति 'सेरभ बचाऊ अभियान समिति
No comments:
Post a Comment