Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 14, 2014

कोरियामा नेपाली दिदिबहिनीहरुलाई पत्र

कोपिला राई , दक्षिण कोरिया 
सर्वप्रथम त नजिकै आउदै गरेको नेपालीहरुको चार्ड शुभ–दिपावलीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदिबहिनी,दाजु भाईहरुलाई म शुभ–कामना टक्रयाउन चाहन्छु ।

यस दक्षिण कोरीयामा स्थापीत प्रवासी महिलाको लागि महिला संस्थाको तेश्रो अधिवेशन यही अक्टुर १९ तारीक हुंदैछ  भन्ने जानकारी गराउंदछु । यस अधिवेशनमा कोरीयमा रहनु हुने सम्पूर्ण दिदिबहिनी लगायत यस संस्थालाई माया सहयोग गर्नुहुने सम्पूर्ण मानुभावलाई यसै पत्र मार्फत निमन्त्रणा दिदै छु । हरेक चीज ब्यक्ति समाज अनि देशको आ–आफ्नै इतिहास अनि विगत क्षणहरु हुन्छन् , त्यस्तै यो प्रवासी महिलाहरुका लागि महिला संस्थाको पनि विगतका पलहरु छन् । यस स्थपना गर्ने मञ्जु थापा,डेविड राई,डम्बर सुब्बा हुनुहुन्छ । उहांरुलाई आज पनि हृदयबाट श्रदा गर्दछु । उहांहरुले कोरी दिएको नक्सामा उहांहरुले कोरीदिएको बाटो हिंडेर आजको दिन सम्म आउन सफल भएका छौं । उहांहरुले बनाएको नक्सामा हामीले जग बसाले र एउटा सानो प्रवासी महिलाहरुलाइ बस्ने आवास निर्माण गरेका छौं , जुन आवासमा बसेर धेरै नेपाली महिलाहरुले आवास सेवा लिइ सक्नु भएको छ ।

आजको युगमा महिला शसक्तिकरणको ढोकामा प्रवेश गरि रहेको छ । विभिन्न प्रकारको चुनौतीहरुलाई झेल्दै यी काममा हातमा हात काधमा काध मिलाइ फुलको गुच्छा झैं गोलवन्ध भएर अघि बढ्नु र सामाजिक चेतना मानवीय भावनालाई उच्च सम्मान गर्ने नि:स्वार्थ निष्ठा राखी असल,सम्बद्धि विचार बोकेको ब्यक्तिलाई नेतृत्वको हकदार बनाउन हामी दिदिबहिनीहरु एक जुट हौं । समाजसेवीको मुकुण्डो लगाएर सामाजिक कृयाकलापलाई धमिल्याउने काम कसै बाट नगरौं । भोलीको दिनमा हामीले स्वच्छ सम्मानित मर्यादित समाजको निर्माण गर्नु छ । हामी नेपाली सामाजलाई नेपाली महिलाहरुलाई अगाडी ल्याउनुछ । उनीहरुको समस्या दु:ख लाई निराकरण गर्नु छ । एउटा नेपाली उखान पनि छ,एउटा घरमा एउटी महिला सक्षम शिक्षित भईन भने सिङ्गो परिवार समाज अनी देश र सवै क्षैत्र सक्षम र शिक्षित बन्छ ।

त्यसै गरी मन हृदयबाट सामाजिक कार्यमा समर्पित हौं । एउटा महिलाले अर्काे महिलाको इज्जत र भावनाको कदर गरौं । कायक्रमको ड्यासमा बसेर भाषण गरेर होइन । भित्री हृदयबाट महिलाहरुको घाउ चोटमा मलमपट्टी लगाउ महिला आवास लाई राम्रो ब्यवस्थीत बनाउ ।

यस संस्थामा आवद्ध भएर काम गर्न इच्छा राख्ने साथीलाई अवसर दिऊ, आफूले एक कदम पछि हट्दा संस्थाको राम्रो छवी बन्छ भने किन पछि नहट्ने र? हरेक ब्यक्ति संग आ–आफ्नो क्षमतावान हुन्छ,त्यही क्षमतावानलाई प्रयोगमा ल्याएर संस्था समाजलाई रुपान्तरण गर्न सकिन्छ । आफैं मात्र क्षमतावान भनेर सोच्नु संक्रिण सोच हो । त्यस्ता संक्रिण सोच लाई हामिले त्याग्न सक्यौं भने बल्ल हामी सामजिक नैतिकवान ब्यक्ति बन्न सक्छौं । हामीलाई परिवर्तन गर्न सक्यौं भने मात्र समाज देशलाई परिवर्तन गर्न सक्छौं । यो संस्था कुनै राजनैतिक,जातीय,क्षेत्रीयताबाट माथी छुट्टै पहिचान र चिनारी बोकेको महिलावादी, महिला मूखी संस्था हो ।

(लेखक वमन फर वमनकी पूर्व अध्यक्ष हुन्)

No comments:

Post a Comment