Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 18, 2014

कोरियन एक कन्सर्ट दुर्घटनामा १६ को मृत्यु :

कृष्ण पुरी -  सउल ,कोरिया l
सौलको पुर्बीदक्षिणी शहर संगनाममा शुक्रबार साँझ एक पप सास्कृतिक कन्सर्ट भईरहदा आउटडोरको भेन्टिलेसन ग्रिल भत्किएर १६ जनाको मृत्यु र ११ जना गम्भीर घाइते भएका छन् l
फोटो - योन्हाप न्युज

थ्रेटरमा झन्डै एक हजार दर्सकहरु रहेका थिए l उक्त दुर्घटना संगनाम प्यांग्योको टेक्नो भ्यालीमा रहेको मल्टी परपोस कम्प्लेक्स मा साझ ५;३० बजे भएको कोरियाकोसंचार माध्यमहरुले जनाएका छन् l दुर्घटना हुदा दर्शकहरु अन्दाजी १० देखि १५ मिटर तल खसेको र खस्ने हरुमा उपल्लो तहमा रहेका दर्सकहरु रहेको बताइएको छ l १२ जना घटना स्थलमै र २ जना हस्पिटल लैजाने क्रममा र २ जना उपचार गर्दा गर्दै मृत्यु भएका हुन् l

कन्सर्टमा कोरियन पप् संगीतकर्मीहरु, कोरियन गर्ल ग्रुप फोर मिनेट , लगाएतको प्रस्तुती भईरहेको थियो l प्रत्यक्ष दर्शी,अग्नि कार्यलय तथा स्थानीय प्रहरीको रिपोर्ट अनुसार अधिकांश दुर्घटनामा ज्यान गुमाउनेहरुमा ३० देखि ४० बर्षका पुरुष अफिस कर्मचारीहरु रहेका छन् भने २० देखि ३० का ५ जना महिलाहरु छन्   र घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको जनाईएको छ l प्रधानमन्त्री छुंग होंग वन ले आकस्मिक मन्त्रीस्तरीय बैठक बोलाई पीडितलाई राहत ,उद्दार जुटाउन र घटनाबारे कमजोरी र अन्य अनुसन्धान अघि बढाईएको बताइएको छ l
कोरियामा एक पछी अर्को गर्दै दुर्घटनाले अझै सताइरहेको छ l अप्रिलमा सेवल फेरी पानीजहाज दुर्घटनामा
३०० बढी मानिसहरुले ज्यान गुमाए l यी घटनाहरु सगै सुरक्षा विषयमा व्यापक निगरानी र चासो दिईएको पनि थियो l गरिबी र युद्ध बाट जुधेर एसियाको शक्तिशाली देशको रुपमा  अघि बढ्दै गरेको कोरिया सम्पुर्ण देशहरुको नजरमा अगाडि रहेको छ l

No comments:

Post a Comment