नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले हरेक बर्ष आयोजना गर्दै आएको शैक्षिक अन्तरक्रिया कार्यक्रम आज आईतवारका दिन सन्मुन बिश्वबिद्यालय आसान्मा सम्पन्न भएको छ।
शैक्षिक अन्तरक्रियामा ऐतिहासिक, रचनात्मक तथा जानकारीमुलक शैक्षिक भेटघाटको रुपमा हुनुका साथै कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई देश बिकाशको लागि मिलेर लागि पर्न सहयोग पुग्ने सोनसिकका निबर्तमान उपसभापति तथा कार्यक्रम संचालक निरन्जन कोइरालाले बताउनु भएको छ ।
शैक्षिक सेमिनारमा नेपाली बिश्वबिद्यालयका प्राध्यापकहरु, सोनसिकका सल्लाहकार डा. भुषण श्रेष्ठ तथा कोरियन बिश्वबिद्यालयका नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता, र विभिन्न नेपाली सहयोगी समाजका प्रतिनिधिहरु सहित तिस जनाको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा पहिलो खण्ड मा त्रिभुवन बिश्वबिध्यालयका प्राध्यापक डा. राम प्रसाद चौधरीले नेपाली बिद्यार्थीहरुले कोरिया बसुन्जेल सम्मको समयमा कसरी आफ्नो समयलाइ राम्रो काम र व्यक्तिगत विकासमा लगाउने र आफु संगको राम्रो विचार र काम लाइ विश्व सामु सजिलै प्रस्तुत गरि नेपालको आर्थिक र सामजिक बिकासमा लगाउन सकिन्छ भन्ने प्रस्तुति दिनुभएको थियो ।
त्यसैगरी अन्तरक्रियाको दोस्रो खण्डमा काठमाडौँ बिश्वबिद्यालयका प्राध्यापक डा. जनार्धन लामिछाने नेपालमा जडिबुटी बिज्ञान तथा प्राकृतिक सम्पदामा हुनसक्ने अनुसन्धान, नेपाल र कोरिया बीचको विकासमा फरक तथा सम्भावनाबारे प्रस्तुति दिनु भएको थियो ।
संस्थाका अध्यक्ष विमल सुवेदीको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा भाग लिन इन्छन, सउल ,कोङ्ग्जु, देजन, सुवन, लगायत विभिन्न स्थान बाट आएका सहभागीहरुले अन्तरक्रिया निकै उपयोगी भएको बताएका थिए ।
No comments:
Post a Comment