Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 3, 2014

नेपाल योङ् स्टार ग्रुप कोरियाको बृहत भेला सेप्टेम्बर ७ मा हुने

अनुशा मैनाली /कोरिया । 
कोरियामा रहेका नेपाली यूवाहरूको साझा संस्था नेपाल योङ् स्टार ग्रुप कोरियाको बृहत भेला सेप्टेम्बर ७ तारिख अर्थात् छुसकको पहिलो दिन हुने भएको छ ।

कोरियामा सक्रिय संस्थाको रूपमा चिनिएको योङ् स्टार पछिल्लो समय परेपकारी अभियानमा जुटेको छ । नेपालको बाढी पिडितलाई मात्र गत हप्ता ३३ लाख वन भन्दा बढि सहयोग गरेको योङ् स्टार ग्रुपले भर्रखरै नेपालमा परोपकारी अक्षय कोषको निर्माण पनि गरेको छ । संस्थाका अध्यक्ष लोक लामाले कोरियाली महान पर्व छुसकको अवशरमा सबै कोरियाबासी नेपालीहरूलाई शुभकामना दिएका छन् । उनले ७ तारिक बेलुका ७ बजे दोङ्दुचन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना हुने बृहत भेलामा उपस्थितीको लागी कोरियामा रहेका सबै यूवा -यूवती लगायत सबै कोरियाबासी नेपालीहरूलाई आग्रह गरेका छन । सो बृहत भेलामा कोरियामा सामाजिक तथा परोपकारी  अभियानलाई कसरी अझ बृहत ढंगले लान सकिन्छ भनेर गहन छलफल गरिने र संस्थाको आगामी कार्ययोजना बारे बृहत छलफल हुने  बताईएको छ ।

लोक लामा -०१०-२५९९०२१४
राजु राजा शाही -०१०-२८६५८७४४
रंजन कुँवर -०१०-६३८६७४३१
के.पि. चौलागाई -०१०-४२०५९२२२
जयराम घिमिरे -०१०-२१७५९१८२
खेम कार्की -०१०-६४५३३०५०
अशोक मैनाली ०१०-३३३६२६७४ 

No comments:

Post a Comment