Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, September 7, 2014

रमाइलो लुम्बिनी कार्यक्रमलाइ सफल बनाउन जितु नेपाल र हेमन्त शर्मा कोरियामा

नमस्ते नेपाल कोरिया संवाददाता 
रुपन्देही सम्पर्क समिति कोरियाको छुसकको दोश्रो दिन ८ सेप्टेम्बरमा हुने  रमाईलो लुम्बिनी कार्यक्रममा भाग लिन नेपाली ख्यातीप्राप्त कलाकारहरु कोरिया आएका छन ।

कलाकारहरु जितु नेपाल (मुन्द्रे), हेमन्त शर्मा रामजी खाँड,मञ्जु पौडेल,तेरिया मगर कोरिया आइपुगेका छन । द एक्स बैण्डका कलाकारहरु प्राविधिक कारणले आउन नसकेको  संस्थाका  अध्यक्ष प्रितम गुरुङले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l  अध्यक्ष गुरुङले पुर्व निर्धारित द एक्स बैण्ड आउन नसकेकोमा क्षमा याचाना गर्दै दर्शकलाई मनोरञ्जन दिन जितु नेपाल र हेमन्त शर्मा थप गरिएको बताएका छन ।
कार्यक्रममा दक्षिण कोरियाको स्थानिय  ट्रेनिटी व्याण्डको धमाकेदार प्रस्तुती रहने पनि रुपन्देन्ही सम्पर्क समितिले जनाएको छ ।  सो संस्थाले कोरियाबासी नेपालीहरु लगायत सम्पूर्ण संस्थाहरुलाइ  सहभागी भइ कार्यक्रमलाइ सफल पार्न  अनुरोध गरेका छन ।

No comments:

Post a Comment