Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 9, 2014

कोरियामा नेपथ्यले इतिहास रच्यो , पाँच हजार भन्दा बढि दर्शक

निकुन्ज तिवारी- कोरिया  । 
कोरियामा सदाबहार ब्याण्ड नेपथ्यको तेस्रोपटक आयोजित लाइभ कन्सर्टमा गायक अमृत गुरुङले नेपथ्य ब्यान्डका चर्चित गितहरु छेक्यो छेक्यो...., रेशम...., स कर्णाली...., उडायो रेलैले...., भेडाको उनजस्तो...., आँगनै भरि.., लगायत गाउँ गाउँ बाट उठ, रातो र चन्द्र सूर्य जस्ता गितहरु गरि झन्डै एक दर्जनजति गित गाए । छुसकको अवसरमा कोरियामा रहेका नेपालीहरुका लागि उपहारस्वरुप भन्दै गायक गुरुङले रेकर्ड नगरिएको नेपथ्यको गित हे रामा..रामा.. पहिलोपटक स्टेजमा प्रस्तुत गरे ।
 
छुसकको अवसरमा दक्षिण कोरियाको राजधानी सउलदेखि उत्तरतिर रहेको सिन्ह्योंग विश्वविद्यालयको कभर्डहलमा सेप्टेम्बर ७ मा आयोजित नेपथ्य लाइभ कन्सर्ट इन कोरियामा दर्शकहरुको भव्य उपस्थिति रहेको थियो । नेपाल मगर संघ कोरियाले पिछडिएका आदिवासी जनजाति उत्थान सहयोगार्थ आयोजना गरेको कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक सिपि थापा मगरले बताए ।
हलभित्रको उखरमाउलो गर्मिकाबिच प्रस्तुति दिइरहका गायक अमृतले व्यङ्ग गर्दै भने “यति धेरै गर्मिको भुङ्ग्रोमा पनि हाम्रो प्रस्तुतिलाई नाचेर साथ दिनुभएकोमा नेपथ्यको चिसो चिसो अभिवादन छ ।” हलभित्र एसि नभएका कारण दर्शकहरु कोही छाता खोलेर हावा तानिरहेको थिए, कोही रुमालले हम्किरहेका थिए भने कोही लगाइरहेको भेस्ट खोलेर पसिना निचोरेको देखिरहेका गायक अमृत गुरुङले यसो भन्दा दर्शकहरुले पनि चर्को हुटिङका साथ ताली बजाएका थिए ।

तपाईहरु एकदिन नेपाल फर्किनुपर्छ । नेपालको हिमाल, पहाडहरुले तपाईलाई पर्खिरहेकोे छ । नेपाल फर्केर नेपाललाई पनि कोरियाजस्तै बनाउनुपर्छ ।’सात वटा गित प्रस्तुत गरिसकेपछि पसिनाले निथ्रुक्क भिजेका नेपथ्य ब्यान्डका चर्चित गायक अमृत गुरुङले यसो भनिरहँदा हलभित्र उपस्थित सम्पूर्ण दर्शकहरुले ताली गडगडाहटले उनको कुरालाई स्वागत गरेका थिए ।

नेपथ्य र टेरियाको प्रस्तुति हेर्न कोरियाका विभिन्न शहरहरुबाट नेपालीहरु ओइरिएका थिए । हलभित्र ठूलो भिडका कारण कतिपय दर्शकहरु कार्यक्रमको बिचैमा बाहिरिएका थिए । कार्यक्रमको व्यवस्थापन राम्रो हुन नसकेको भन्दै उनीहरुले गुनासो गरेका थिए । आयोजकले ३ हजार दर्शकको अपेक्षा गरेको भएपनि सोचे भन्दा बढी दर्शकको उपस्थितिका कारण व्यवस्थापन गर्न कठिनाइ भएको बताएको छ ।

औपचारिक कार्यक्रम भइरहँदा अतिथिहरुको मन्तव्यका क्रममा दर्शकहरुले होहल्ला गर्न थालेपछि मन्तव्यको क्रमलाई छोट्याउनुपरेको थियो । त्यसको लगत्तै लिटिल डान्स क्विन टेरिया मगरलाई कोरियामा रहेका संघसंस्थाका प्रतिनिधीहरुले सम्मान गरेका थिए ।

त्यसपश्चात स्थानीय कलाकारहरुको प्रस्तुतिमाझ साँस्कृतिक कार्यक्रमको शुरुवात भयो । तर स्थानीय कलाकारहरुको प्रस्तुतिबीच पनि दर्शकहरु ‘वि वान्ट नेपथ्य, वि वान्ट टेरिया’ भनेर कराउन थालेपछि स्थानीय कलाकारहरुको प्रस्तुति पनि रोक्दै टेरिया मगरलाई स्टेजमा बोलाउनुपरेको थियो । स्थानीय कलाकारद्वारा प्रस्तुत एक कमेडि गितको हाउभाउ निकै भद्धा देखिएको थियो ।

टेरिया मगरले पोखरा जाँदा पोखरा हल्लियो र एक हिन्दी गितमा नृत्य प्रस्तुत गरेकी थिइन् । त्यसको झन्डै १ घण्टाको प्रतिक्षा पछि नेपथ्यको प्रस्तुति शुरु भएको थियो । कोरियामा आयोजित साँस्कृतिक कार्यक्रममा त्यतिका दर्शहरुको उपस्थिति पहिलोपटक भएको भन्दै आयोजकले कार्यक्रमलाई ऐतिहासिक भएको दावी गरेको छ ।

No comments:

Post a Comment