Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, September 6, 2014

धमाका मच्याउन कोरिया आइपुगे कलाकारहरू



नमस्ते नेपाल कोरिया संवाददाता -
कोरियाका महान पर्व छुसकको अवसर पारेर धरान कोरिया सहयोग समितिले गर्न लागेको बुढासुब्बा सांगीतिक सौंगातमा भाग लिन नेपाली पपस्टार सविन राई,नेपाल स्टार  विष्णु चेम्जोङ, चर्चित लोकगायिका ज्योति थापामगर कोरिया आज आईपुगेका हुन् ।
त्यसैंगरी अर्का हास्यकलाकार तक्मे बुढा अर्थात विल्सन वित्रम राई भने भोली बिहान आइपुग्ने धरान कोरिया सहयोग समितिका अध्यक्ष डम्बर सुब्बाले बताए । कार्यक्रमलाई भव्य र सभ्य पार्न कुनैं कसर बांकी नराखेको अध्यक्ष सुब्बाले जानकारी दिए ।कार्यक्रम सफल हुने दाबी गदैं सुब्बाले भने "कार्यक्रम सफल हुनेमा कुनैं शंका छैंन,सम्पुर्ण तयारी पुरा भएको छ ।"

सो कार्यक्रमलाई उर्जा भर्न स्थानीय नृत्याङ्गानाहरू रोशना केसी र पूणिमा गुरुङले पनि दर्शकलाई नचाउने छन्, भने सुदिप बमजन, रुपेन लामा, दिप्लक लिम्बु ,एलिया तामांग र स्थानीय ट्रिनिटी ब्यान्डले थप मनोरञ्जन दिनेछन् ।  धरान भ्यु टावर निर्माण तथा सेल्टर सञ्चालनका लागि धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले बुढासुब्बा सांगीतिक सौगात कार्यक्रमको आयोजना गर्न लागेको हो।

No comments:

Post a Comment