Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 26, 2014

कोरियाको फेन्थेक शहरमा दशैं कार्यक्रम हुने

कृष्ण पुरी ,फेन्थेक , दक्षिण कोरिया l 
 २०७१ सालको विजयादशमी अर्थात् बडादशैँ भव्यताकासाथ मनाउन दक्षिण कोरियामा पनि  विभिन्न स्थानहरुमा नेपालीहरु जुटिरहेको बेला फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेट सेन्टर) नेपाली समुदाय पनि आगामी अक्टोबर ५ तारिख आइतबार सो सेन्टरको आफ्नै भवनमा दशैँ  कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रबाशी भूमिमा रहेता पनि नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजना हुन गैरहेको उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु रहनुका साथै नेपाली परिकारका खानाको प्रबन्ध गरिएको सेन्टरका नेपाली कमिटीका अध्यक्ष बिजुबिक्रम थापाले बताएका छन् ।
नेपाली सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको सो कार्यक्रममा कोरियाको चर्चित ब्याण्ड सुनाखरी सांगीतिक समुहले आफ्नो बिशेष प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र सांस्कृतिक विभागले जनाएको छ ।
कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक  नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टरमा हाल पाँच सय बढी नेपालीहरू आबध्द रहेका छन् ।यस संस्थाले आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श  दिदै आएको छ।
आयोजकले सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै उक्त दिन  बिशेष अतिथिहरुसहित  कोरियामा रहेर नेपालीहरुको  सहयोगी साथीको रुपमा चिर परिचित  अरुण श्रेष्ठ(ई.पी. एस. छिन्गु )को पनि उपास्थिति रहने जनाएको छ l 
 कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भइदिनुहुन अनुरोध गरिएको छ ।

कार्यक्रम तालिका :-
मिती: 2014/10/5  तारिक  आइतबार l  
समय: दिउसो ११ बजे देखी 
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र ) 
संम्पर्क: बिजुबिक्रम थापा - ०१० ६८५३१२२० 
भक्त थापा -  ०१० ६८६८२२७३ 
पदम सुब्बा - ०१० ३१००९८११ 
बिनोद सुबेदी -०१० २१८२०५९० 
नारायण पाठक -०१० ६४१२२५१५ 
कृष्ण पुरी  - ०१०५९३११९३४ 
आयोजक: 
फेन्थेक माइग्रेन्ट सेन्टर 
( नेपाली समिती , फेन्तेक, दक्षिण कोरिया )

No comments:

Post a Comment