उमेश शेरालुंग - गुन्सान,दक्षिण कोरिया
गत २२ तारिक आईतबारको दिन "भिउ अफ गुन्सान नेपलिज ग्रुप" ले (ख्वंग्जु नेपाली सामुदायिक समिति) संग सहकार्य गरेर MRP राहदानीको पहिलो चरण फर्म संकलन सम्पन्न गरेको छl
आउदो जुन २९ तारिक आइतबारका दिन (ख्वंग्जु नेपाली सामुदायिक समिति) को आयोजनामा नेपाली राजदुताबास दक्षिण कोरियाको मेसिन रिडेबल पासपोर्ट (एम आर पी) घुम्ती टोलि ख्वाङ्जु शहरमा आउने भएकोले सो बेलामा काम सरल र सहज बनाउनको लागि (ख्वंग्जु नेपाली सामुदायिक समिति) स्वयम् र "भिउ अफ गुन्सान नेपालीज ग्रुप" द्वारा फर्म संकलन कार्य भएको होl सो बेलामा समय अभावका कारण धेरै व्यक्तिलाई सेवा दिन नसकिने भएकोले गुन्सान आसपासका शहर बाट करिब ५० जनाको अग्रिम फर्म संकलन गरि दुताबासमा पठाइसकेको "भिउ अफ गुन्सान नेपालीज ग्रुप" का अध्यक्ष्य दिपक खड्का ले जानकारी दिनु भयोl
अग्रिम एमआरपी आवेदन फर्म भरेका व्यक्तिहरुले दुताबासका टोलिको अगाडी रुजु गर्नु पर्ने भएकोले पासपोर्ट र नागरिकताको सक्कल, फोटो तथा नगद सहित उपस्थिती हुनुपर्ने र अग्रिम फर्म संकलन नगराउनु भएका व्यक्तिहरुले नागरिकता प्रमाण पत्रको सक्कल ( सक्कल नभए पछी पेश गर्ने गरि स्पष्ट बुझिने प्रतिलीपी ), प्रयोग भइरहेको हस्त लिखित राहदानी , ३५ × ४५ एमएम सहितको ८० प्रतिशत अनुहारले ढाकेको ,सेतो पृष्ठभूमि भएको तस्बिर र हराएको राहदानीका लागि प्रहरी रिपोर्ट, एमआरपी राहदानीका लागि १ लाख ८७ हजार ५ सय वन , हराएको र च्यातिएको, भिजेको वा अन्य किसिमले ड्यामेज भएको राहदानीका लागि ३ लाख ७५ हजार वन दस्तुर सहित उपस्थित हुन एम. आर. पी. बनाउन चाहने सम्पूर्ण लाई "भिउ अफ गुन्सान नेपाली ग्रुप" का संयोजक उमेश राई ले अनुरोध गर्नु भएकोछl
ख्वंग्जु नेपाली सम्पर्क समितिबाट पनि करिब १५० जना व्यक्तिको अग्रिम फर्म भरेर राजदुताबास पठाइसकेको र सो दिन एन. आर. एन.(NRN ) को क्षेत्रीय कमिटि गठन गरिने र ईशारा रेमिट बाट नेपाल पैसा पठाऊन सस्तो र सरलको लागि हाना बैंकमा खाता खोल्न सकिने सुबिधा पनि भएको कुरा जानकारी दिनुहुदै समितिका संयोजक श्री खनाल ले सम्पूर्ण व्यक्ति हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएकोछl
मिति: २९ जुन २०१४
समय: बिहान ९ बजे बाट बेलुकी ५ बजे सम्म
स्थान: 062광주 좡역시 광산구 사암로 359-१
(Gwangju Migrant Welfare Center)
सम्पर्क :
श्री खनाल - ०१०५९५८३७६६
उमेश राई-०१०५९५०२८७५
दिपक खड्का -०१०७२१९८११२
रमेश शर्मा - ०१०३६६१४८४८
रोशन पौडेल - ०१०२१४१५२३३
राज संसार श्रेष्ठ - ०१०७११५०५६१

No comments:
Post a Comment