Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, June 1, 2014

किम्हेका लागि मेयरको उम्मेदवारलाई प्रवासीको तर्फबाट ज्ञापन पत्र बुझाइयो |

निर्मल थपलिया - किम्हे ,दक्षिण कोरिया

 दक्षिण कोरियाका विभिन्न क्षेत्रको लागि  यहि जुन ४ तारिक हुन गैरहेको स्थानीय निर्वाचन अन्तिम तयारीमा जुटिरहेको बेला   किम्हे शहरमा मेयरको उम्मेदवारलाई सम्पूर्ण प्रवासीको समस्याहरु अवगत गराउदै ज्ञापन पत्र बुझाउने काम भएको छ |

कोरियामा स्थाई र अस्थाई रुपमा बस्ने कामदारहरुको बिचमा काम गर्ने उदेश्यले गठन भएको संस्था कोरिया इमिग्रेंट्स नेटवर्कले स्थानीय निर्वाचनमा उठेका  सत्ता पक्ष र प्रतिपक्षका  उम्मेदवार सामु  हाम्रो लागि समस्या के हुन् र त्यसको समाधान कसरि गर्न सकिन्छ भन्ने कुराहरु राख्नको लागि ८ बुदें  प्रस्ताब  तयार गरि बुझाएको थियो | उक्त्त  प्रस्ताबलाई ३० तारिक शुक्रबार को दिन सत्ता पक्षका (सेनोरि दांग) मेयर किम जंग गुन लाई  किम्हे मैग्रेंट्स हाउसमा बोलाएर अवगत गराउदा कामदारहरुले नै आफ्नु क्षमतामा विकास गर्नु पर्ने भन्दै त्यति चाँसो नदेखाई मेयरमा जिते पछि मात्र समस्याको सम्बोधन गर्ने बताए पछि प्रति पक्षको उम्मेदवार न्यु पोल्टिकल डेमोक्रेटिक पार्टीका  किम म्यंग गुन लाई  भेटि जून १ आइतबारका दिन  उक्क्त ज्ञापन पत्र बुझाउदै समस्याको बारेका जानकारी गराइएको थियो |

उक्त ज्ञापन पत्र किम्हे मैग्रेंट्स हाउसका संचालक यज्ञ राज सुबेदीको नेतृत्वमा गएका ९ सदस्यीय टोलीले बुझाएको थियो | उक्त टोलीमा मैग्रेंट्सहरुको लागि काम गरिरहेका प्रवासीहरुमा  नेपालको तर्फ बाट मधु सुधन महत, निर्मल थपलिया, बंगलादेशको तर्फ बाट सागुर,कम्बोडियाको तर्फबाट किम वांग जु र चेन व्हा, पाकिस्तानको तर्फबाट अब्दुल रहमान र सहिर अहमदको सहभागिता थियो |

उक्त ज्ञापन पत्रमा उल्लेखित बुदाहरुमा  कोरियामा जातीय बेदभाव र बिदेशीहरुलाई गरिने भेदभावको बिरुद्धमा कुनै कानुन नभएकोकोले  सो सम्बन्धित कानुन बनाई नियम उलंघन गर्ने लाई कारवाही गरियोस | किम्हे क्षेत्रमा कामदारहरुको लागि आवस्यक पर्दा बस्ने सेल्टरको ब्यबस्था नभएको हुदा कुनै धार्मिक संस्था वा साथी भाइकोमा बस्नु पर्ने बाध्यता भएकोले  सेल्टर को ब्यबस्था गरियोस | किम्हेमा काम गर्ने कामदारलाई  गैर कानुनी कामदारले पनि स्वास्थ्य उपचार गर्न पाउनु पर्ने जस्ता सामाजिक सुरक्षा गरियोस |  बैवाहिक भिषामा कोरिया आएका महिलाले आर्थिक समस्याले गर्दा नराम्रो काममा लाग्ने गर्छन जसले गर्दा पुरुष कामदार पनि बिग्रने गर्छन जुन समस्या समाधान गर्न  जिबिकोउपर्जनको लागि डिपार्टमेन्ट स्टोर, पसलहरुमा  कोटाको ब्यबस्था गरि काम गर्ने अनुमति दिइयोस || कोरियनको बच्चालाई धेरै सुबिधा भएता पनि  बिदेशीको बालबच्चा पढाउन लागि सुबिधा नभएको हुदा  किम्हे नगरपालिकाले ध्यान दिनु पर्ने जस्ता समस्यालाई बुंदागत रुपमा बुझाइएको थियो |
उक्त समस्याहरु मध्य किम्हेमा हाल ३०० भन्दा बढी कामदार धर्मिक संस्था वा व्यक्तिको संरक्षणमा बसी रहेको कुरा  महसुस गर्दै  किम्हे मैग्रंट्स हाउसको संयोजकत्वमा प्रस्ताब आएको खण्डमा तुरुन्तै किम्हे नगर पालिका भित्र सरकारी जग्गामा सेल्टर निर्माण गरि दिने कुरा प्रतिबद्दता जनाउनु भएको थियो | त्यसै गरि बिदेशीको बच्चालाई नगरपालिकाले चलाएको चाइल्ड केयर सेन्टरमा निशुल्क पढाई दिने र बैवाहिक विषामा आएका  बिदेशी महिलालाई  बन्दै गरेको डिपार्ट स्टोरहरुमा कम्तिमा १० % काम को आरक्षण गरिदिने प्रतिबद्धता जनाउनु भएको थियो | बाकी कुरा को बारेमा अध्ययन अनुसन्धान पछि मात्र गर्न सकिने कुरा बताउनु भएको थियो | बिदेशी हरुले मात्र नराम्रो काम गरिरहन नहुने कुरामा जोड दिदै छिटै यसको निकासको लागि बिदेशी कामदारको लागि छुटै व्यवस्था गर्न लागि पर्ने कुरा पनि सो अवसरमा बताउनु भएको थियो |

No comments:

Post a Comment