निर्मल थपलिया - किम्हे ,दक्षिण कोरिया
किम्हे मैग्रेंट्स हाउसको आयोजनामा जून १ तारिक आइतबार सम्पन्न भएको निशुल्क स्वास्थ्य परिक्षण बाट १३२जना नेपाली कामदारहरु लाभान्वित भएका छन् |
किम्हेको ड्रिम हाउसमा भएको स्वास्थ्य परिक्षणमा विभिन्न रोगहरु सम्बन्धि विज्ञ हरुको बाक्लो उपस्थिति रहेको थियो | नेपालीहरुलाई परिक्षण गराउन सजिलो होस् भन्ने उदेश्यले किम्हे क्षेत्र मा सामाजिक काम मा योगदान गर्दै आएका नेपालीहरुले सक्दो सहोग पुर्याएका थिए | एन अर एन कोरिया का क्षेत्रीय अध्यक्ष दिपकर्ज रेग्मी , समाजिक कार्यमा अग्र स्थानमा रहेका हरि थपलिया, मकवानपुर सम्पर्क मन्चमा पुर्ब अध्यक्ष दुर्गा दाहाल लगायत अन्य नेपाली हरुले सहयोग पुर्याएका थिए |
चिकित्सकहरुले परिक्षण पश्चात आवस्यकता अनुसार सुई लगाउने औषदी वितरण गर्ने उपचारको क्रममा नास्ताको ब्यबस्था र बेलुका खान को पनि व्यवस्था गरिएको थियो | जटिल समस्या देखिएका बिरामीलाई भने पछि भेट्ने सल्लाह दिएर पठाइएको थियो| उक्त परिक्षणमा सहभागी हुनेहरुमा कम्मरको समस्या, काँध को समस्या, पेटको समस्या छालाको समस्या लिएर आउनेहरुको संख्या बढी मात्रा मा देखिएको थियो |
No comments:
Post a Comment