देबेन्द्र सम्बाहाम्फे, सउल, दक्षिण कोरिया
परराष्ट्रमन्त्री महेन्द्र पाण्डे कोरिया आइपुगेका छन् |
नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं बर्ष गांठका अवसरमा सोलस्थित नेपाली दूताबसद्वारा आयोजना गर्न लागिएको उच्चस्तरीय भ्रमण नेतृत्व गर्दै पाण्डे कोरिया आएका हुन् | उनलाई इन्च्छन बिमानस्थलमा कोरियाका लागी नेपाली राजदूत कमानसिंह लामा, कोरियाली परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया प्यासिफिक डिभिजनका उप -महानिर्देशक जोङ व्यङ हु , नेपाली दूताबासका उपनियोग प्रमुख राजाराम बर्तौला , श्रम सहचारी अनिलकुमार गुरूङ, एनआरएनका अध्यक्ष बिनोद कुवँर , लगायतले स्वागत गरेका थिए |
२ दिने औपचारिक भ्रमणमा आएका पाण्डेले बुधबार कोरियाली समकक्षी परराष्ट्र मन्त्री युन व्यङ सेसंग भेट गर्ने कार्यक्रम रहेको छ भने आज बेलुकी नेपाल हाउसमा यहाँ रहेका नेपाली समुदायद्वारा स्वागत गर्ने कार्यक्रम रहेको छ | उनले १५ तारिक लगानी सम्बन्धी सेमिनार उद्घाटन गर्ने कार्यक्रम रहेको छ |

No comments:
Post a Comment