बिमल सुवेदी ,दक्षिण कोरिया -
नेपाली विध्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले मे ४ तारिखका दिन चोंबुक नेसनल विश्वविध्यलय(CBNU), जन्जु शहरमा सोन्सिक मैत्रीपुर्ण खेल प्रतियोगिता २०१४ (SONSIK Friendship Sports Festival 2014) सम्पन्न गरेको छ l
नेपाली राजदुतवास सौलका उपनियोग प्रमुख राजाराम बर्तौलाले उद्घाटन गर्नु भएको उक्त प्रतियोगितामा भलिबल, फूटबल, बास्केटबल,१०० मिटर दौड, रिले रेस लगायतका प्रतियोगिता समाबेश गरिएको थियो भने कोरियाका विभिन्न विश्व बिधालयमाका १३० जना भन्दा बढी बिधार्थीहरुले सहभागिता जनाएका थिए l
कार्यक्रमको उद्घाटन गर्दै उपनियोग प्रमुख बर्तौलाले सोनसिक का गतिबिधिको सह्राना गर्दै आउदा दिनमा कार्यक्रमहरुको निरन्तरताको कामना गर्नुभयो!बिशेष अतिथिका रुपमा उपस्थित CBNUका अन्तराष्ट्रिय बिभाग प्रमुख प्राध्यापक ली चंग ले आफु आफ्नो विश्व बिधालयमा अध्यनरत नेपाली बिधार्थीहरुको प्रतिभाबाट प्रभावित भएको र कोरियामा रहेका नेपाली बिधार्थीहरुको खेलकुद प्रतियोगिताको अतिथ्यता ग्रहण गर्न पाउदा खुशी ब्यक्त गर्नु भयो! उक्त प्रतियोगिताका सह आयोजक CBNU नेपाली क्लबका अध्यक्ष जितेन्द्र तिमिल्सिनाले प्रथम खेलकुद प्रतियोगिताको अतिथ्यता गर्ने अवसर दिएकोमा सोनसिक कार्यसमितिलाई धन्यबाद दिदै आउदा दिनमा थप सहकार्यको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो!
सोनसिक सभापति तारामान कडायतको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा खेलकुद प्रतियोगिता संयोजक एवं सोनसिकका उप सभापति सुरेशराज पन्त तथा CBNU नेपाली क्लबका सल्लाकार माधव न्यौपानेले उपस्थित सम्पूर्ण तथा सहयोगीहरु लाई धन्यबाद दिदै खेलकुद कार्यक्रमले नेपाली बिधार्थीहरुमा नयाँ उर्जाको संचार हुनुको साथै नेपाली विध्यार्थीहरु बीच मित्रता बढ्ने र ज्ञान साटासाट गर्ने अवसर मिल्ने धारणा ब्यक्त गर्नुभयो! उद्घाटन कार्यक्रममा खेलकुद प्रतियोगितालाई सहयोग पुराउनु हुने विभिन्न महानुभावहरुलाई सम्मान स्वरूप प्रमाणपत्र बितरण गरिएको थियो भने कार्यक्रको संचालन CBNU नेपाली क्लबका सदश्य बिनोद यादवले गर्नु भएको थियो!
उक्त मैत्री पूर्ण खेलकुद प्रतियोगितामा समूहगत तर्फ भलिबल तथा फूटबलमा CBNU नेपाली क्लब, बास्केटबल तर्फ योंग्नाम विश्व बिधालयको समूह बिजयी भएका थिए l

No comments:
Post a Comment