रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया पुगेका नेपालीमध्ये १ हजार १ सय १७ जना अवैधानिक रुपमा लुकीछिपी बसिरहेको तथ्य खुलेको छ । सउल अध्यागमन विभागका अनुसार भिसाबिनै कोरियामा काम गर्ने आप्रवासीको संख्या ५२ हजार ५ सय ६२ छ । तुलनात्मक रुपमा नेपालीको संख्या न्यून हो ।
विभागले प्रकाशन गरेको तथ्यांकअनुसार ईपीएसमार्फत प्रवेश गरेका १८ हजार ८ सय नेपालीमध्ये १ हजार १ सय १७ को भिसा अवधि सकिएको छ । वैधानिक रुपमा काम गर्नेको संख्या १७ हजार ६ सय ८३ रहेको कारोबारमा खबर छ ।
ईपीएस मार्फत कोरिया पुगेका १५ मुलुकका कामदारमध्ये सबैभन्दा धेरै कोरियन-चाइनिज अवैधानिक छन् । दोस्रोमा चिनियाँ र तेस्रोमा भियतनामी छन् । सबैभन्दा कम कम्बोडियन छन् ।
साना तथा मझौला उद्योगमा आप्रवासी कामदार पूर्ति गर्न सरकारले औद्योगिक प्रशिक्षण प्रणाली संशोधन गर्दै सन् २००४ अगस्टबाट ईपीएस लागू गरेको थियो ।

No comments:
Post a Comment