Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 14, 2014

नेपालका लागि कोरियाली राजदूतमा छये नियुक्त

देवेन्द्र सम्बाहाम्फे -सउल,दक्षिण कोरिया - 

नेपालका लागि दक्षिण कोरिया सरकारले छये योङ जीनलाई राजदूत पदमा नियुक्त गरेको छ । राष्ट्रपति पार्क गुन ह्येले कुटनीतिक क्षेत्रबाट छयेलाई गत अप्रील ९ मा नियुक्त गरेका हुन् । कोरिया सरकारले सो दिन जापान,इण्डोनेसिया,डेनमार्क,पेरुसहित २० राष्ट्रमा राजदूत नियुक्त गरेको थियो ।

सन् १९५७ मा सोलमा जन्मिएका छये २०१२ देखि ताइवानमा रहेको कोरियाली मिसनको प्रतिनिधि रहेका थिए । सन् १९८० मा सैनिक विश्वबिद्यालयबाट स्नातक गरेर व्यापार ,उद्यो तथा उर्जा मन्त्रलयबाट निजामती सेवामा प्रवेश गरेका उनि कुटनीतिक सेवामा १९९८ मा आएका हुन् । यस क्षेत्रमा प्रवेश गरेको १६ बर्षपछि पहिलो पटक राजदूत भएका उनी कोरियामा नेपाल प्रेमी र भद्र कुटनीतिज्ञ मानिन्छन ।
यसअघि छये जर्मनीको कन्सुलेट जेनेरल र कतारमा मिनिस्टर कनुसलर भएर काम गरेका थिए  । साथै परराष्ट्र मन्त्रालय अन्तर्गत दक्षिण पूर्वी एसिया विभागका निर्देशक र आथिर्क सहायता विकास ( ओईसीडी) फ्रान्सका लागि स्थायी प्रतिनिधि भएर पनि काम गरेको अनुभव पनि उनीसंग रहेको छ ।
राजदूत नियुक्त भएपछि छयेले यहा“का लागि नेपाली राजदूत कमानसिंह लामासंग भेटेर दुइ देशबीच आपसी हितका बारेमा चर्चा गरेका छन् । भेटका अवसरमा उनले दुई देशबिच उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिंदै कोरियाली लगानी नेपाल भित्रयाउन सहयोग गर्ने बताएका थिए । उनले दुइ देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्ष पुगेको उपलक्ष्यमा नेपालमा बर्षभरि  बिभिन्न कार्यक्रम आयोजना गरेर मनाउने पनि जानकारी दिए । कार्यभार सम्हाल्न उनि आउदो सोमबार नेपाल पुग्दैछन् ।

No comments:

Post a Comment