रमेश खावाजु ,दक्षिण कोरिया -
२०१४ अप्रिल ६ तारिक आइतबारका दिन नेपाली राजदुतावास दक्षिण कोरियाले आउदो मे महिनामा आयोजना गर्न लागेको नेपाल , कोरिया बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं बार्षिकोत्सव मनाउने बिषय छलफल कार्यक्रम गर्ने भएको छ l अपरान्ह ४ बजे नेपाली राजदुतावास भवनमा हुने छलफल कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली संस्थाका प्रमुख / प्रतिनिधि ,एन आर एन कोरिया ,बुद्धिजीवी वर्ग तथा पत्रकारहरुलाइ उपस्थितीको लागि नेपाली राजदुतावास दक्षिण कोरियाले एक बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ l
नेपाली राजदुतावास दक्षिण कोरियाले मे महिनाको १५ , १६ ,१७ तारिकका दिन नेपाल ,कोरिया बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं बार्षिकोत्सव मनाउन लागेका हुन l सो ४० औं बार्षिकोत्सवमा स्वागत कार्यक्रम ,नेपालमा लगानी भित्र्याउने सम्बन्धी उच्चस्तरीय कार्यक्रम ,सेमिनार ,नेपाली तथा कोरियन व्यवसायीहरु बीच विभिन्न बिषयमा छलफल पनि हुने राजदुत कमानसिंह लामाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l

No comments:
Post a Comment